- आन्छुमे नसान
मंसिर ११, माङसेबुङ । कलाकार, निर्माता तथा निर्देशक देउ कृष्ण लिंखा याक्खाको पटकथा तथा निर्देशनमा गायक राजु थापाको आवाजमा सजिएको गित ‘आज फेरी’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
रुपक जिमीको सहायक निर्देशनमा सुकचन्द्र थापा र पाल्देन ल्हामु भुटियाद्वारा अभिनित गितकार तथा संगीतकार बिक्रम शंकरको शव्द तथा संगीतमा सजिएको गित ‘आज फेरी’को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
सिक्किममा रहेर नेपाल्ी चलचित्र निर्माण तथा बितरण गर्दै आएका निर्माता सुष्मा गुरुङको प्रमुख आतिथ्यमा कालेम्बुङ स्थित रसवरी पव एण्ड क्याफेमा एक कार्यक्रमबीच ‘आज फेरी’ बोलको म्युजिक भिडियो बिमोचन गरिएको थियो ।
शंका उपशंकाले गर्दा एक अर्कालाई विश्वास गर्न नसक्दा पारिवारिक सम्बन्ध र प्रेम सम्बन्धमा आईपर्ने समस्यालाई प्रस्तुत गरिएको भिडियोमा बिनोद तामाङको छायांकन, सम्पादन तथा कलरमा लोकेश थापाको मेकअप रहेको छ ।
भिडियोमा लेन्डुप भुटिया, दुर्गा प्रसाद शर्मा, कुन्दन प्रसाद शर्मा, जयदेव क्षेत्री र देउ कृष्ण लिंखा याक्खाले समेत अभिनय गरेका छन् ।
सुरेन बर्मीको संगीत संयोजनमा स्ट्रीङ स्टुडियो दार्जिलिङमा रेकर्ड गरिएको गितको भिडियो सिक्किममा छायांकन गरिएको हो ।
यसैगरि भिडियो आरटी प्रडक्शन युट्यूव च्यानलबाट समेत सार्वजनिक गरिएको छ ।
भिडियो हेर्नुहोस…