लोकेन साँबाद्वारा निर्देशित चलचित्र ‘सुगुप’को अफिसियल टिजर सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लोकेन साँबाद्वारा निर्देशित चलचित्र ‘सुगुप’को अफिसियल टिजर सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

मंसिर १६, काठमाडौं । निर्देशक लोकेन साँबाद्वारा निर्देशित लिम्बू सँस्कृतिमा आधारित चलचित्र ‘सुगुप’को टिजर सार्वजनिक गरिएको छ ।

याक्थुङ (लिम्बू) जातिको सुत्केरीमा मृत्यु हुँदा नाम दिइने सुगुपको कथामा निर्माण भएको चलचित्र ‘सुगुप’को टिजर सार्वजनिक गरिएको हो ।

शैलेन्द्र कुमार नाल्बो र दिलमाया लाबुङ नाल्बोको निर्माण रहेको चलचित्र चिनियाँ नयाँवर्षमा हङकङ, सिक्किम र काठमाडौंमा प्रिमियर हुने भएको छ ।

ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भारतको असम, मकवानपुरको चित्लाङ र काठमाडौंमा छायांकन गरिएको चलचित्र ‘सुगुप’ प्रेम सुव्वा, मौसम इम्बुङ(फुलेन्देको बाउ), बबिता नेयोङहाङ लिम्बू, यासेली योङहाङ, डम्मरकुमारी पयाङगु लिम्बू र रुकमान लिम्बूको अभिनय रहेको छ ।

राजु घिमिरेको सहायक निर्देशनमा युवराज राई(बीर बहादुर) को छायांकन, कमल राईको नृत्य निर्देशन, बिजय लामाको मेकअप, निश्चल राईको कला, किशोर सम्बाहाङफे र बिष्णु मोक्तानको द्वन्द निर्देशन, बिपिन मल्लको सम्पादन र रेनिश फागोको कलर रहेको छ ।

टिजर ओएसआर डिजिटल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर