इन्दिरा नेम्बाङको लिम्बू भाषिक गजल संग्रह 'लक्खुम' बिमोचन - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इन्दिरा नेम्बाङको लिम्बू भाषिक गजल संग्रह ‘लक्खुम’ बिमोचन

मंसिर २२, याङवरक । पान्थरको याङवरकमा लिम्बू भाषिक गजलकार इन्दिरा नेम्बाङ ‘निङसाङ’को लिम्बू भाषिक गजल संग्रह ‘लक्खुम’ (आँगन)को विमोचन गरिएको छ ।

शनिबार याङवरक गाउँपालिका अध्यक्ष भिम प्रसाद योङयाको प्रमुख आतिथ्यतामा एक कार्यक्रमबीच भाषिक गजल संग्रह ‘लक्खुम’ (आँगन)को विमोचन गरिएको हो ।


पाँचथर जिल्लाका पत्रकार र  साहित्यकारहरुको बाक्लो उपस्थितिमा याङवरक गाँउपालिकामा पहिलोपटक  साहित्यिक कार्यक्रम सम्पन्न भएको हो ।

नामओती समुह याङसिङबुङको आयोजनामा सम्पन्न कार्यक्रममा एलबि नेम्बाङ, मधु केरुङ, पुस्पहाङ लोवा, महेन्द्र सेलिङ, बाबा मेन्याङबो, सबिन माबोलगायतले कृति माथि चर्चा गरेका थिए ।

द मार्जिनले प्रकाशन गरेको गजल संग्रह ‘लक्खुम’लाई निश आङदेम्बेले सम्पादन गरेका छन् ।

नारी श्रष्टाले पहिलोपटक गजल संग्रहको रुपमा प्रकाशन गरेको लक्खुमको मुल्य भने तोकिएको छैन ।

सम्बन्धित खवर