उपेन्द्र र पुजाको आवाजमा ‘रुमाल चिनो’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

उपेन्द्र र पुजाको आवाजमा ‘रुमाल चिनो’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

मंसिर २२, माङसेबुङ । गायक उपेन्द्र लिम्बू र गायिका पुजा देवकोटाको आवाजमा सजिएको बिल्कुलै नयाँ गित ‘रुमाल चिनो’ सार्वजनिक गरिएको छ ।

एजे अज्जुको शव्द तथा संगीतमा दुर्गा श्रेष्ठको निर्देशन रहेको गित ‘रुमाल चिनो’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

बिशाल बरालको सहायक निर्देशनमा दुर्गा श्रेष्ठको छायांकन, बी भाईको मेकअप, आर्यन श्रेष्ठको सम्पादन तथा अनिल बिष्ट प्युठानीको कलर ग्रेडिङ रहेको भिडियोमा भावना रेश्मी मगर र प्रशनान्त परियारको अभिनय रहेको छ ।

प्रेमिल जोडीको प्रेम रोमन्स प्रस्तुत गरिएको भिडियोमा मेरो क्रिएशनको पोष्ट प्रडक्शन रहेको छ । उपेन्द्र लिम्बूकै संगीत संयोजन रहेको गित किङग् स्टुडियोमा रेकर्ड गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर