- आन्छुमे नसान
मंसिर २४, माङसेबुङ । अन्तराष्ट्रिय लिम्बू गित गायन प्रतियोगिता ‘याक्थुङ आइडल सिजन २’ को टप ६ फाइनलिष्ट प्रतियोगीको नाम सार्वजनिक गरिएको छ ।
आइतबार टप ११ सेमिफाइनल राउण्डबाट ग्राण्ड फिनालेको लागि टप ६ फाइनलिष्ट प्रतियोगीको नाम सार्वजनिक गरिएको हो ।
‘याक्थुङ आइडल सिजन २’ को ग्राण्ड फिनालेका लागि स्थान बनाउन सफल टप ६ फिनालिष्ट प्रतियोगी कलाकारहरु बीरहाङ लिम्बू खेचुपेरी पश्चिम सिक्किम, नैना सुब्बा अरुनाचल प्रदेश, शान्ति लिम्बू राबाङला दक्षिण सिक्किम, सारा प्रधान माङसिला उत्तर सिक्किम, भिमरानी लिम्बू चुम्बुङ पेलिङ पश्चिम सिक्किम र सञ्चहाङ लिम्बू थिङलिङ खिचोपेरी पश्चिम सिक्किम रहेका छन् ।
‘याक्थुङ आइडल सिजन २’ को ग्राण्ड फिनाले भने आगमी डिसेम्बर १६ तारिक आठौं चासोक तङनामको अवसरमा रानीपुल सिक्किममा सम्पन्न हुने आयोजक नियारा प्रडक्शनका प्रवन्ध निर्देशक नियारा सुव्वाले बताइन् ।
बिगत २०१६ बाट निरन्तर रुपमा आयोजना हुदैं आइरहेको सिक्किम चासोक तङनाम यो बर्ष आठौं चासोक तङनामको रुपमा मनाउन लागिएको र उपस्थितिको लागि समेत सबैमा अनुरोध गरिएको आयोजक सुब्बाले बताईन ।
यसैगरि आठौं चासोक तङनामकै अवसरमा निराया प्रोडक्सन सुखिमको आयोजनामा अन्तराष्ट्रिय केलाङ प्रतियोगिता तथा महोत्सव समेत हुने आयोजकले जनाएको छ ।
‘याक्थुङ आइडल सिजन १’ को अपार सफलतापछि ‘याक्थुङ आइडल सिजन २’ को आयोजना गर्न लागिएको र याक्थुङ गीत संगीतलाई माया गर्ने मौलिक आवाजको समेत खोजि गरेर विश्वसामु चिनाउने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको आयोजक नियारा प्रडक्शनका प्रवन्ध निर्देशक नियारा सुव्वाले बताइन् ।
यस अघि ‘याक्थुङ आइडल सिजन २’ का लागि टप ११ मा पर्न सफल प्रतियोगी कलाकारहरु बीरहाङ लिम्बू खेचुपेरी पश्चिम सिक्किम, मुना हाङमा लिम्बू तिम्बोङ पश्चिम सिक्किम, भिमराज लिम्बू चुम्बुङ पेलिङ पश्चिम सिक्किम, खुशुहाङमा लिम्बू सुन्तले दक्षिण सिक्किम, नैना सुब्बा अरुनाचल प्रदेश, भिमरानी लिम्बू चुम्बुङ पेलिङ पश्चिम सिक्किम, सञ्चहाङ लिम्बू खिचुपेरी पश्चिम सिक्किम, सारा प्रधान माङसिला उत्तर सिक्किम, स्वर्णिम लिम्बू मुङपेल कालेम्पुङ पश्चिम बंगाल, शान्ति लिम्बू राबाङला दक्षिण सिक्किम र मनु लिम्बू दमक झापा नेपाल रहेका थिए ।