कुम्मायकमा जनता समाजवादी पार्टीमय बन्दै, गाउँकार्य समिति पुनर्गठन - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कुम्मायकमा जनता समाजवादी पार्टीमय बन्दै, गाउँकार्य समिति पुनर्गठन

मंसिर २७, कुम्मायक । कुम्मायक गाउपालिकामा जनता समाजबादी पार्टी (जसपा) नेपालको ५६ सदस्यीय समिति  पुनर्गठन कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

गाउपालिकाको सभाहलमा भएको उक्त  कार्यक्रमले अध्यक्षमा तारानाथ सम्बाहाम्फें, उपाध्यक्षद्वयमा ईन्द्रकला लाओती राई, नेत्रबहादुर सम्वाहाम्फे, र सचिवमा पुर्णकुमार मिभक, उपसचिवद्वयमा नितेष सम्बाहाम्फे, अमर कुमार लावती र कोषाध्यक्षमा तेजप्रकाश लाओती सहित ५६ सदस्य समिति निर्बाचित गरेको हो ।


लोकतान्त्रिक गणतन्त्रलाई ग्रामिण स्तरसम्म सस्थागत हुन नपाउदै सङ्घिय प्रणालीलाई निस्तेज पार्न अजङ्गको प्रयास भइरहेको कार्यक्रममा औल्याइएको थियो । यस्तो छलकपट , भ्रष्टाचारि, बिभेदकारि एकात्मकवादि चिन्तनलाई परास्त गर्न जनता समाजवदी पार्टीको उदय भइसकेको पनि बताइएको थियो ।

गाउँगाउँ बाट न्यायप्रेमी जनताहरु सङ्गठित हुन ढिलो नगरौ युवा दस्ता निर्माण गरौ भन्दै जनता समाजवादी पार्टी नेपाल कुम्मायक गाउपालिका वडा नम्बर १ को वडा कार्यसमिति पनि गठन गरिएको छ ।

समितिको अध्यक्षमा तिर्थराज लाओती रहेको छ भने उपाध्यक्षमा साईमन लावती सचिबमा फुलकुमारी लाओती, सहसचिव लोकेन्द्र लाओती सहित २३ सदस्य निर्बाचित भएका छन ।


पुनर्गठित कार्यक्रममा जसपा, नेपालका केन्द्रीय सल्लाहकार प्राडा महेन्द्र लाओती, केन्द्रिय सल्लाहकार कर्ण लाओती, केन्द्रिय सल्लाहकार असिम पालुङ्वा, नेपाल प्रदेश न. १ सदस्य बिष्णु लाओती, कुम्मायक १ का वडा अध्यक्ष देबेन्द्र लाओती, लिम्बुवान राष्ट्रिय समिति सल्लाहकार चन्द्र मादेन,  राष्ट्रिय समिति अध्यक्ष जेन्टल लाओती, मुख्य सचिब केदार धिमाल, जकेन्द्र लाओती, काङ्सोरे लिम्बु, लगायतको उपस्थितिले नवनिर्वाचित पार्टी पदाधिकारीहरुलाई शुभकामना दिने क्रममा किरात याक्थुङ चुम्लुङ कुम्मायक गाउकार्य समितिका अध्यक्ष पदम सुखी सम्बाहाम्फेले हाल भइरहेको १ नम्बर प्रदेशको कोशी नाम खारेजी सङ्युक्त संघर्ष समितिलाई तनमन बाट साथ सहयोग दिन आग्रह गर्नुभएको थियो । यो आन्दोलन कुनै खेलाचीको लडाइँ नभै आम सरोकारवाला तथा उत्पीडनमा राज्यले पारेका न्यायप्रेमी रैथाने  नागरिकको हकहित सुनिश्चितताका निम्ति उठेको बुलन्द आवाज भएको उनले बताए ।

पहिचान, सभ्यता र इतिहासको आधारमा भूगोलको शिर उच्च पार्दै लिम्बुवान किरात नाम राख्नको लागि लडिरहेका योद्धाहरुलाइ पक्राउ गरि थुन्ने अनावश्यक दुखदिने जस्ता राज्य सम्यन्त्रको नश्लिय र अवाञ्छित दमनले समस्या समाधान नहुने उल्टै हिंसा भड्किने खतरा बढ्दै गएको सम्बाहाम्फेले बताए  ।

कार्यक्रम जनता समाजवादी पार्टी नेपाल कुम्मायक गाउकार्य समितिका अध्यक्ष  तारानाथ सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

सम्बन्धित खवर