याक्थुङ आइडल सिजन २ को उपाधि सञ्चहाङलाई - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

याक्थुङ आइडल सिजन २ को उपाधि सञ्चहाङलाई

आन्छुमे नसान

पुस १, सुक्खिम । अन्तराष्ट्रिय लिम्बू गित गायन प्रतियोगिता ‘याक्थुङ आइडल सिजन २’ को उपाधि थिङलिङ खिचोपेरी पश्चिम सिक्किमका सञ्चहाङ लिम्बूले चुमेका छन् ।

निराया प्रोडक्सन सुखिमको आयोजनामा शनिबार सिक्किमको रानीपुल मेलाटारमा सम्पन्न ग्राण्ड फिनालेमा टप ५ फाइनलिष्टलाई पछि पार्दै सञ्चहाङले उपाधि चुमेको हो ।

उपाधि चुमे सँगै सञ्चहाङले याक्थुङ आइडल सिजन २ को ट्रफीको साथमा प्रमाणपत्र र नगद एक लाख भारतिय रुपैयाँ प्राप्त गरेका छन् । यसैगरी उनले एक थान हारमुनी र गीति एल्बमको कन्ट्रयाक्ट समेत जितेका छन् ।

उपाधि बिजेतालाई लिम्बू कथानक चलचित्र सुगुपका निर्माता तथा प्रडक्शन टिमका प्रमुखद्वय इन्द्र कुमार शेर्पा र शैलेन्द्र नाल्बोले ट्रफी तथा पुरस्कार प्रदान गरेका थिए ।

यस्तै टप ५ फाइनलिष्टलाई जजहरु यासेली योङहाङ, सावन फुरुम्बो लिम्बू आर एल खाम्दाक, गेष्ट जज सुनिता थेगिम र बीबी फुरुम्बोले ट्रफी तथा एक एक थान गिटार प्रदान गरेका थिए ।

‘याक्थुङ आइडल सिजन २’ का टप ५ फाइनलिष्टमा बीरहाङ लिम्बू खेचुपेरी पश्चिम सिक्किम, नैना सुब्बा अरुनाचल प्रदेश, शान्ति लिम्बू राबाङला दक्षिण सिक्किम, सारा प्रधान माङसिला उत्तर सिक्किम र भिमरानी लिम्बू चुम्बुङ पेलिङ पश्चिम सिक्किम रहेका छन् ।

‘याक्थुङ आइडल सिजन १’ को अपार सफलतापछि याक्थुङ गीत संगीतलाई माया गर्ने मौलिक आवाजको समेत खोजि गरेर विश्वसामु चिनाउने उदेश्यका साथ ‘याक्थुङ आइडल सिजन २’ को आयोजना गरिएको आयोजक नियारा प्रडक्शनका प्रवन्ध निर्देशक नियारा सुव्वाले बताइन् ।

बिगत २०१६ बाट निरन्तर रुपमा आयोजना हुदैं आइरहेको सिक्किम चासोक तङनाम यो बर्ष आठौं चासोक तङनामको रुपमा मनाइएको हो ।

यसैगरि आठौं चासोक तङनामकै अवसरमा निराया प्रोडक्सन सुखिमको आयोजनामा सम्पन्न अन्तराष्ट्रिय केलाङ प्रतियोगिताको उपाधि किरात याक्थुङ चुम्लुङ कमल ३ केर्खाले जितेको छ ।

१६ टिमको सहभागीता रहेको प्रतियोगितामा थङलिङ केलाङ समूह सिक्किमले दोस्रो स्थान बनाउदा आनी साक्थिम केलाङ सुमूह फुङलिङ ताप्लेजुङले तेस्रो स्थान हात पारेको छ ।

सम्बन्धित खवर