‘सेक्मुरी फेक्तेरो’ कुसल र सुनिताको आवाजमा सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘सेक्मुरी फेक्तेरो’ कुसल र सुनिताको आवाजमा सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

पुस ६, काठमाडौं । गायक कुसल थलङ लिम्बू र गायिका सुनिता थेगिम लिम्बूको आवाजमा सजिएकोे गित ‘सेक्मुरी फेक्तेरो’ सार्वजनिक गरिएको छ ।

सन्तोष थलङल शब्द तथा सानुबाबा सुब्बाको संगीत रहेको लिम्बू भाषाको गित ‘सेक्मुरी फेक्तेरो’को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

मदन वनेमको निर्देशन रहेको भिडियोमा कुशल थलङ र सुनिता थेगिमको साथमा साथमा रिया हुक्पा चोङबाङ, गरिमा लिम्बू, डिबी लिम्बू र शिव सम्बाहाम्फेले अभिनय गरेका छन् ।

खगेन्द्र पन्धाक लिम्बूको छायांकन तथा सम्पादनमा कृशल राईको सहायक छायांकन रहेको भिडियोमा कृशनदेव साम्पाङ राई र सुमी लिम्बूको व्यवस्थापन र मेकअप, उपकरण तथा पोस्ट प्रोडक्सन लिम्बुवान फिल्मस्, धरानको रहेको छ ।

यसअघि नेपाली भाषामा मेलिना राई र कुसल थलङको गाएका ‘सेक्मुरी फूल्यो नि’को अपार सफलता पछि सोही गीतलाई याक्थुङ(लिम्बु) भाषामा स्टुडियो किङमा रेकर्ड गरिएको हो । जसको भाषिक रुपान्तरण मुन्धुमविद तथा कलाकार यासेली योङहाङले गरेका छन् ।

चौबिसे संयक ढाका उद्योगको भेषभुषा रहेको भिडियो गायक कुसल थलङको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर