पहिचानवादीको तर्फबाट इलाम २ को उपनिर्वाचनमा साझा उम्मेदवार उठाउने मञ्चका अध्यक्ष लिङ्देनको उद्धोष - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पहिचानवादीको तर्फबाट इलाम २ को उपनिर्वाचनमा साझा उम्मेदवार उठाउने मञ्चका अध्यक्ष लिङ्देनको उद्धोष

पुस ८, माई । आगमी हुने इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा पहिचानवादीको तर्फबाट साझा उम्मेदवारी उठाउने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन(मिराक) ले उद्धोष गरेका छन् ।

प्रदेश न १ पुनः नामाङकन संयुक्त संघर्ष समिति महमाईको आयोजनामा शनिबार माई नगरपालिकाको बिहिवारे बजारमा सम्पन्न प्रदेशको नाम कोशी खारेजी पहिचानवादी जनसभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष लिङ्देनले आगमी हुने उपनिर्वाचनमा साझा उम्मेदवारी उठाउने उद्धोष गरेका हुन् ।

‘पहिचानको आन्दोलन सिंगो देशलाई पहिचानमय बनाउन कोशी, गण्डकी, बागमती नामहरुलाई समेत खारेज गर्ने अभियान हो ।’ लिङदेनले भने ।

‘अब चाडै हुने उपनिर्वाचनमा सारा पहिचानवादीको तर्फबाट एउटा साझा उम्मेदवारी उठाउने छलफल भइरहेको छ’ लिङदेनले भने, ‘साझा उम्मेदवार उठाइने भएकोले आगामी हुने, उपनिर्वाचनमा पहिचानवादी इलामबासीले अमुल्य भोट दिएर जिताउन समेत अपिल गर्दछु ।’

इलामको निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्मा एमालेका उपाध्यक्ष समेत रहेका नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका थिए ।

नेम्वाङको गत भदौ २५ गते राति हृदयघातबाट निधन भएपछि सो क्षेत्रमा प्रतिनिधि सभा सदस्य पद रिक्त रहेको छ । तर, उपनिर्वाचनको लागि सरकारले इलाम क्षेत्र न. २ मा कहिले चुनाव गर्ने भन्ने निर्णय भने गरिसकेको छैन ।

सम्बन्धित खवर