दिनेशको निर्देशनमा अञ्जना नाल्बोको ‘आप्फालेसाङ’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिनेशको निर्देशनमा अञ्जना नाल्बोको ‘आप्फालेसाङ’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

पुस १५, माङसेबुङ । याक्थुङ स्टार सिजन १ का बिजेता गायिका अञ्जना नाल्बो लिम्बूको सुमधुर आवाजमा सजिएको मनछुने गित ‘आप्फालेसाङ’ सार्वजनिक गरिएको छ ।

गायक तथा संगीतकार सञ्चमान ताम्लीङ लिम्बूको शव्द तथा संगीतमा दिनेश माङमु लिम्बूको निर्देशन रहेको गित ‘आप्फालेसाङ’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

सन्तोस सावदेनको संगीत संयोजन तथा राजु कार्कीको मिक्सिङ रहेको गितको भिडियोलाई भने कृष्ण थलङले छायांकन तथा सम्पादन गरेका छन् ।

जुम लेन्स् प्रडक्शन प्रा.लि.को पोष्ट प्रडक्शनमा गायिका अञ्जनाकै फिचरिङ रहेको भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर