दिनेशको निर्देशनमा ब्रबिम र इन्दिराको ‘मेम्बे हौ’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिनेशको निर्देशनमा ब्रबिम र इन्दिराको ‘मेम्बे हौ’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

पुस १६, माङसेबुङ । गायक ब्रबिम सेर्मा चेसुङ र गायिका इन्दिरा नेम्बाङको आवाजमा लिम्बू भाषाको रोमान्टिक गित ‘मेम्बे हौ’ सार्वजनिक गरिएको छ ।

नेम खापुङको शव्द तथा डिल्ली बिक्रम सेर्माको संगीतमा सजिएको रोमान्टिक गित ‘मेम्बे हौ’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

दिनेश माङमुको कोरीयोग्राफी तथा निर्देशन रहेको भिडियोमा मौसम इम्बुङ(फुलेन्देको बाउ), पुष्पाञ्जली तिलिङ(चापेती कुम्मा), नुनाम केरुङ, निशाम तुम्बापो, समिर जबेगु र स्वर्णिम योङहाङले अभिनय गरेका छन् ।

गाउँमा पाहुना आउँदा धान नाँच्न जानुपर्ने लिम्बू संस्कार अनुसार तरेमाहरुलाई तानेर धान नाच्दै हासखेल गरेको कथा प्रस्तुत गरेको भिडियोमा हेम तामाङको छायांकन तथा ड्रोन, कृष्ण सुबेदीको मेकअप, निश्चल राई र सागर राईको कला तथा अनिल रानाको सम्पादन रहेको छ ।

टेकेन्द्र यक्सोको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोका रेकर्ड गरिएको गितको भिडियो गायिका इन्दिरा नेम्बाङको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर