दिपेन्द्रको शव्द सुमन र अनुको आवाजमा ‘सँगै बाचौँला’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिपेन्द्रको शव्द सुमन र अनुको आवाजमा ‘सँगै बाचौँला’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

पुस १७, काठमाडौं । गितकार दिपेन्द्र खड्काको शव्द तथा सरोज पोख्रेलको संगीतमा गायक सुमन केसी र अनु चौधरीको सुमधुर आवाजमा सजिएको प्रेमिल गित ‘सँगै बाचौँला’ सार्वजनिक गरिएको छ ।

राजिव समरको निर्देशनमा कमल सिंह र गुराँस ढकालको अभिनय रहेको भिडियोमा दिनेश पराजुलीको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन तथा कलर रहेको छ ।

सुमन केसीकै संगीत संयोजनमा द पिक स्टुडियोमा दिनेश लाल राजबगले रेकर्डिङ गरेको गितको मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीले गरेका छन् ।

झलकमनी चौधरीको निर्माणमा पुनम चौधरीको मेकअपमा तयार भएको भिडियो आशमान मोशन पिक्चर्स युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर