१२० औं इमानसिंह जन्मजयन्तीमा आासामको सरलपाडामा लाधुङसेमी सेवा - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

१२० औं इमानसिंह जन्मजयन्तीमा आासामको सरलपाडामा लाधुङसेमी सेवा

पुुस १८, आसाम । इतिहासकार इमानसिंह चेम्जोङको १२० औँ जन्मजयन्तीको अवसरमा भारतको आसाम कोक्राझार जिल्ला सरलपाडाका किरात धर्मावलम्बीले लाधुङसेमी सेवाको आयोजना गरेको छ ।

सोमबार किरात धर्म तथा साहित्य उत्थान संघ कोक्राझार सरलपाडाको आयोजनामा १२० औं इमानसिंह चेम्जोङ जन्मजयन्ती सरलपाडा स्थित निर्माणधिन किरात माङहिमको प्राङ्गणमा लाधुङसेमी सेवाको आयोजना गरि मनाइएको हो ।

अंग्रेजी सम्वत जनवरी १ तारिक नयाँ वर्षका दिन चेम्जोङको योगदानको चर्चा गर्दै उनको तस्बिरमा माल्यार्पण गरी जन्मजयन्ती साथै लाधुङसेमी सेवा लगाइएको हो ।

सेवामा माङसेवासाबाहरु शब्दिगुरु वीरबहादुर मेयङ लिम्बू , चेत बहादुर साउदेन लिम्बू , ताम बहादुर तेयुङ लिम्बू रहेको थियोे । भने, सेवासामाहरुमा पवित्र राई , बुद्धिमाया हेम्ब्या लिम्बू रहेकी थिइन् ।

नेपालमा इमानसिंह चेम्जोङको प्राज्ञिक योगदानको उच्च मूल्याङ्कन गर्दै बिःस २०५५ सालमा तत्कालीन सरकारले उनको सम्मानमा १ रुपैयाँको हुलाक टिकट जारी गरेको थियो ।

सम्बन्धित खवर