युएईमा पहिचानबादी गायक ब्रबिम सेर्मा सम्मानित - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युएईमा पहिचानबादी गायक ब्रबिम सेर्मा सम्मानित

पुस २०, युएई । युएईमा पहिचानबादी तथा मुन्धुमी लोकप्रिय गायक ब्रबिम सेर्मा चेसुङ सम्मानित भएका छन् ।

आइतबार किरात याक्थुङ चुम्लुङ युएईको आयोजनामा युएईको बर दुबई स्थित क्लब एभरेस्ट याक एण्ड यतिमा सम्पन्न चासोक तङ्नामको अवसरमा संघीय लिम्बुवान सामाजिक मञ्च युएईले प्रमुख अतिथि कलाकार समेत रहेका पहिचानवादी गायक सेर्मालाई सम्मान गरेको हो ।

दुई सय भन्दा धेरै लिम्बू भाषा र अन्य थुप्रै गीतहरु खस नेपाली भाषामा आवाज दिइसकेका पहिचानवादी गायक सेर्माले पछिल्लो समय पहिचान सम्बन्धि खुलेर समर्थन तथा वकालत गर्दै आएका छन् ।

गायक सेर्माले आफ्नो गित संगीत मार्फत आम नेपाली जनताहरु बिच पहिचानको संदेश घर–घरमा पुर्याएर जनचेतना फैलाउने काम गर्दै आएकोमा र एक निडर शाहसी पहिचानवादी कलाकार भएर निस्वार्थ भावनाले आफ्नो अस्तित्व रक्षाको लागि, आफ्नो दायित्य पुरा गर्दै पहिचानको मुद्दालाई अझ मजबुत बनाउन आफ्नो आवाज र गित संगीत मार्फत पुर्याएको योगदानको उच्च सम्मान र कदर गर्दै सम्मान गरेको संघीय लिम्बुवान सामाजिक मञ्च युएईका महासचिव भुमी ईधिङ्गो लिम्बुले बताए ।

कार्यक्रममा प्रमुख संरक्षक राम योङहाङ (बैदारे ठुले), संरक्षक राम फियाक, प्रमुख सल्लाहकार बिक्रम पंधाक लिम्बु, अध्यक्ष भिम अधिकारी, क्षेत्रिय संगठन अल ऐन की कार्यबाहक अध्यक्ष सिमा सुब्बा, बरिस्ठ उपाध्यक्ष बिक्रम वजिहाङ लिम्बु र उपाध्यक्ष कुमार शंकर, प्रवक्ता लोकेन्द्र सम्बाहाम्फे लगायत सम्पूर्ण कार्यसमिति पदाधिकारी र सदस्यहरुको उपस्थितिमा हस्तान्तरण सम्मान गरेको मञ्चका महासचिवे लिम्बुले बताए ।

 

सम्बन्धित खवर