हाङको निर्देशनमा कल्पनाको ‘जालहारी’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हाङको निर्देशनमा कल्पनाको ‘जालहारी’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

पुस २१, काठमाडौं । निर्देशक हाङ चेम्जोङको निर्देशनमा गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ बोलको गीत सार्वजनिक गरिएको छ ।

बिहीबार काठमाडौंको कपनस्थित नेपाल चलचित्र विकासबोर्डको हलमा आङ्बुहाङको ‘बाह्रमासे फूल’ गीति एल्बममा समाहित ‘जालहारी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

मनोज साङ्सोन राईको संगीत तथा राजु कार्कीको संगीत संयोजनमा गायक प्रवीण बेडवाल र गयिका रचना रिमालको आवाज रहेको गितमा मन्माबी राई, लिला राई, तुरेम्पा हाङ र सुरेश राईको पनि आवाज रहेको छ ।

इशाक जबेगुको छायांकन तथा सम्पादनमा सुन्दर खवास र बिपना आङ्बुहाङको अभिनय रहेको भिडियो मेरी आमा कल्पना आङबुहाङ युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिस्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यतामा सम्पन्न विमोचन कार्यक्रममा गीतकार सङ्घका अध्यक्ष बसन्त वित्यासी थापा, पान्थर कलाकर सङ्घका अध्यक्ष दिनेश लिङ्देन, चलचित्र कर्मी सङ्घ नेपालका उपाध्यक्ष शैलेन्द्र नाल्बो लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संगीतकार तारा प्रकाश लिम्बु, दिनेश बान्तावा, गायक तथा संगीतकार मनोज साङसोन राई, सुरेश साम्पाङ, गायिका सुनिता थेगिम, बाल गायिका रुक्साना लिम्बू, गायिका रचना रिमाल, गायक प्रविन बेडवाल, राजेश पायल राई, कलाकार सुन्दर खवास जालहारी, विपना आङबुहाङ जालहारी, वरिस्ठ निर्देशक हाङ चेम्जोङ, इशाक जबेगु, आयुस्ना श्रेष्ठ, सुन्दर खवास, सामुएल लामा लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रम मुन्धुमविद तथा कलाकार यासेली योङ्हाङले संचालन तथा निर्देशक हाङ चेम्जोङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

भिडियो हेर्नुहोस…

 

सम्बन्धित खवर