शान्ता केरुङको पालाम ‘मिम्जिरे मिङसो’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

शान्ता केरुङको पालाम ‘मिम्जिरे मिङसो’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

पुस २५, माङसेबुङ । मदन वनेमको निर्देशनमा गितकार शान्ता केरुङको शव्द संकला रहेको पालाम ‘मिम्जिरे मिङसो’ सार्वजनिक गरिएको छ ।

गायिका दुर्गा तुम्साको लय संकलनमा गायक जीवन केदेम र गायिका दुर्गा तुम्साकै आवाज रहेको पालाम ‘मिम्जिरे मिङसो’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

गायक बिवस नेम्बाङ र गायिका सृजना जबेगुको समेत आवाज रहेको पालाममा दिप केरुङ, सन्ध्या सम्बाहाङफे, कमल जबेगु सुनिता फावेन फागो, डि.बी. लिम्बू र शान्तिला सम्बाहाङफेको अभिनय रहेको छ ।

दिनेश राई सुविनको छायांकन, महेश सिग्देलको मेकअप तथा शिर कुमार साम्पाङको ड्रोन, सम्पादन र कलर रहेको छ ।

म्यूजिक मिडिया धरान र किङ्ग स्टुडियोमा रेकर्ड गरिएको पालामको भिडियो लिम्बू कल्चर क्रिएशन अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

पालाम हेर्नुहोस…

सम्बन्धित खवर