सुमन र सुनिताको आवाजमा मौसम र कौशिला अभिनित ‘काराङवा काप्सा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बुधबार, बैशाख १९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुमन र सुनिताको आवाजमा मौसम र कौशिला अभिनित ‘काराङवा काप्सा’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माघ १, माङसेबुङ । गायक सुमन कुरुम्बाङ र गायिका सनिता थेगिमको आवाजमा सजिएको लिम्बू भाषाको पे्रमिल गित ‘काराङवा काप्सा’ सार्वजनिक गरिएको छ ।

गितकार हाङपाल आङबुहाङको शव्द र गायक तथा संगीतकार सेमीहाङ सिंगकको संगीतमा सजिएको पे्रमिल गित ‘काराङवा काप्सा’को म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

सुमन सानु कुरुम्बाङको निर्देशन तथा दिनेश माङमुको कोरियोग्राफीमा हेमन तामाङको छायांकन रहेको भिडियोमा मौसम इम्बुङ(फुलेन्देको बाउ), कौशिला चोङबाङ, कुमार वनेम लिम्बू र बिपन तावा लिम्बूले अभिनय गरेका छन् ।

गोपाल दर्जीको सहायक छायांकनमा निश्चल राई र सागर राईको कला, कृष्ण सुबेदीको मेकअप रहेको भिडियोमा अनिल रानाको सम्पादन तथा कलर रहेको छ ।

राजु कार्कीको संगीत संयोजनमा किङ्ग स्टुडियोमा रेकर्ड गरिएको गितको मिक्सिङ तथा मास्टरिङ मनोज साङसोन राईले गरेका हुन् ।

रोमान्टिक प्रेम कथा प्रस्तुत गरिएको भिडियो कक्फेक्वा तङनामको अवसर पारेर हाङ अनलाईन टिभी अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर