पुर्वी स्टार : जज राउण्डका लागि ४० प्रतिभा छानिए - Mangsebung News
  • बुधबार, बैशाख १९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पुर्वी स्टार : जज राउण्डका लागि ४० प्रतिभा छानिए

माघ २, धरान । गायन प्रतिभा भएर पनि ओझेलमा परेका प्रतिभाहरुको लागि अवसर दिने उद्देश्यका साथ संचालन गरिएको पुर्वी स्टार गायन प्रतियोगिताको जज राउण्डका लागि ४० जना प्रतिभा छानिएका छन् ।

सोमबार सार्वजनिक गरिएको बिवरण अनुसार पुर्वी स्टार गायन प्रतियोगिताको ट्राक राउण्डबाट जज राउण्डका लागि १८ महिला सहित ४० जना प्रतिभा छानिएका हुन् ।

यस अघिको ट्राक राउण्डमा ७० जना सहभागी रहेको र ति प्रतिभाहरुमध्येबाट जज राउण्डका लागि ४० प्रतियोगी छानिएको पूर्वी स्टारका प्रबन्ध निर्देशक टिआर सेनेहाङले जानकारी दिएका छन् ।

हाङ अनलाइन म्यूजिक प्रा.लि.को व्यानरमा आयोजना हुन गईरहेको यस गायन प्रतियोगिताको जज राउण्डका लागि छनोट भएका प्रतियोगीहरुले माघ ७ गतेसम्ममा जजले दिएको ट्राक सहितको गित गाएर भिडियो वाट्स्एपमा पठाउनुपर्ने पूर्वी स्टारका कार्यक्रम संयोजक सुमन सानु कुरुम्बाङले बताए । उनले जज राउण्ड पार गर्ने प्रतियोगीहरु लाईभ राउण्डका लागी धरान आउनुपर्ने बताए ।

पूर्वी स्टारको बिजेताले नगद ४ लाखको साथमा सुनको सिक्री, ट्रफि, एउटा गित रेकर्ड र प्रमाण पत्र पाउने छन् । दोश्रो हुनेले नगद एक लाख १ लाख ५० हजारको साथमा ट्रफि, एउटा गित रेकर्ड र प्रमाण पत्र र तेश्रो बिजेताले नगद ५० हजार, ट्रफि, एउटा गित रेकर्ड र प्रमाण पत्र पाउने छन् । तेस्रो चरण देखि प्रत्येक राउण्डका उत्कृष्टले एक थान गिटार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

पुर्वी स्टार गायन प्रतियोगिताका लागि जज राउण्डमा प्रवेश गर्ने प्रतियोगी प्रतिभाहरुको नामावली :

सम्बन्धित खवर