शाहिल र इङ्साको ‘चिठी लेखेको’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बुधबार, बैशाख १९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

शाहिल र इङ्साको ‘चिठी लेखेको’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माघ ३, माङसेबुङ । गायक तथा संगीतकार शाहिल लिम्बूको शव्द, संगीत तथा आवाजमा सजिएको बिल्कुलै नयाँ गित ‘चिठी लेखेको’ सार्वजनिक गरिएको छ ।

चन्द्र लिम्बू(PBO)को छायांकन, सम्पादन तथा निर्देशनमा शाहिल लिम्बू र इङ्सा लिम्बूको अभिनय रहेको प्रेमिल गित ‘चिठी लेखेको’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

सेवा रेकर्डिङ स्टुडियोमा योगेन मुकारुङ राईले रेकर्ड गरेको गितको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ देबेश राईले गरेका हुन् ।

कुपी बालेर कोरेको प्रेम पत्रबाट सुरु भएको प्रेम कथा प्रस्तुत गरिएको भिडियोमा सोम मगरातीको मेकअप तथा अर्जुन खड्काको कलर रहेकोछ ।

भिडियो गायक शाहिल लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

 

सम्बन्धित खवर