हाम्रो आयु बढाउन सबैभन्दा पहिले खानपिनमा विवेक पु¥याउनुपर्छ : अङसीमाङ आत्मानन्द सेइङ - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हाम्रो आयु बढाउन सबैभन्दा पहिले खानपिनमा विवेक पु¥याउनुपर्छ : अङसीमाङ आत्मानन्द सेइङ

माघ ८, माङसेबुङ । महागुरु फाल्गुनन्दज्यूले यस ठाउँमा जन्मेर हामीलाई सत्य, शान्ति र अंहिसाको ज्ञान दिनु भएको मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले बताउनु भएको छ ।

सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण महान सेवा समारोह अन्तर्गत शनिबार आयोजित विशेष आशीर्वचन कार्यक्रममा आशीर्वचन दिनुहुँदै अङसीमाङले सो कुरा बताउनु भएको हो ।

‘आज यहाँ थुप्रै भाषा, संस्कृतिहरु प्रस्तुत गरेका छौं । यसलाई हामीले संरक्षण गर्नुपर्छ ।’ अङसीमाङले भन्नु भयो, ‘यो संस्कृतिहरु संरक्षण गर्न किरात सांस्कृतिक सम्मेलन गर्ने कार्यक्रम तयारी गरिरहेका छौं । हामीले प्रयोग गर्दै आएको पूराना संस्कार संस्कृतिहरुलाई जिवन्त बनाउनुपर्छ ।’

पञ्चतत्वको गति स्वच्छ र स्वस्थ भएमा मान्छेहरुको पनि आयु बढ्न सक्ने बताउनु हुँदै, वहाँले भन्नु भयो, ‘हाम्रो आयु बढाउन सबैभन्दा पहिले खानपिनमा विवेक पु¥याउनुपर्छ । पञ्चतत्वको गति राम्रो बनाउनुपर्छ ।’

विश्वमा ठूला ठूला शक्तिशाली मुलुकहरुबीच राजनीतिक, कुटनीतिक सम्बन्धमा गडबडी भयो भने संसारमा अप्ठेरो स्थिती हुन सक्ने सुनाउनु हुँदै वहाँले थप्नु भयो, ‘धार्मिक दृष्टिकोणले हेर्दा संसार अन्त्य अन्त्यतिर पुगेको छ । त्यसैले यसबाट जोगिन माङसेवामा ध्यान दिनुपर्छ ।’

विश्वको गति राम्रो नरहेको संकेत गर्नुहुँदै अङसीमाङले आशीर्वचनमा भन्नु भयो, ‘विनाशकारी भूकम्प, महामारी रोग व्यधिहरुबाट जोगिन सबैले माङमा सेवा गरौं । माङले चाहेमा यो संसारलाई एक सेकेण्डमा ध्वस्त हुन्छ । यसबाट जोगिन माङसेवा गर्नुपर्छ ।’

‘मलाई विश्वले किरात धर्मगुरु भनेर मानेको छ, कसै नमान्नेहरु पनि छन् । माने पनि नमानेपनि मेरो जिम्मेवारी पूरा गर्न अहोरात्र लागिरहेको छु ।’ देश विदेशमा आपत्तकालिन अवस्था नहोस भनेर माङसँग प्रार्थना गरिरहेको सुनाउँनु हुँदै अङसीमाङले आशीर्वचनमा भन्नु भयो, ‘विश्व शान्ति होस्, जहाँरहे पनि हाम्रो आत्मा एकता होस एकता भयौं भने सिद्धि शक्ति पाउँछौं ।’

खानपिनमा विवेक पु¥याएर खानु, देवी देवताको नाममा जीवहत्या, हिंसा नगर्न अङसीमाङले सुझाउँनु हुँदै भन्नु भयो, ‘अब किरात केन्द्रीय माङहिम बनाउन बाँकी रहेको र त्यो पनि काम पनि पूरा गछौं ।’

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको समुपस्थितीमा सम्पन्न महान सेवा समारोहमा विशेष आशीर्वचन कार्यक्रममा मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङ समक्ष मिक्तोक (उपहार) अर्पण गर्ने साथै संस्थागत धन्यवाद–पत्र वितरण र पुस्तक÷पुस्तिका विमोचन हुने कार्यक्रम समेत रहेको भएको थियो ।

माघ १ गतेदेखि ८ गतेसम्म सप्ताहव्यापी भव्य रुपमा मनाउने गरी आयोजना गरिएको समारोह अन्तर्गत विहिबार माघ ४ गते विश्व शान्ति तथा मानव एकताको निमित किरात हाङसाम मुजोत्लुङ माङहिममा येत नाम्धुङ लाधुङ सेमी सेवा सम्पन्न गरिएको थियो । समारोह अन्तर्गत माघ ३ गते किरात साम्जिक मुन्धुम अनुसार साक्मुरा वादेम्मा (गाली श्राप बहन्ती) गरिएको थियो ।

सेवा समारोह अन्तर्गत शुक्रबार (माघ ५ गते) सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण समारोह प्रमुख अतिथिबाट समुद्घाटन, जातीय झाँकी प्रदर्शन, अतिथिबाट शुभकामना मन्तव्य साथै साँझ बृहत सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

त्यसैगरी भक्तजनहरुबाट संकलन गरिएको माङवाहाङवा (बीउविजन) लाई सेवा गरी मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङज्यूहरुको आज्ञा बमोजिम समारोह अध्यक्षको हस्तबाहुलीबाट सबै भक्तजनहरुमा वितरण गरिएको समारोहले जनाएको छ । भने साँझ बृहत सांस्कृतिक कार्यक्रम समेत सञ्चालन भएको समारोह सांस्कृतिक विभाग किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोले जनाएको छ ।

प्रकृतिपूजक किरात समुदायले भूमिमा खनजोत गर्न अघि प्रकृति (पञ्चतत्व) को सेवा गरी माङवाहाङवा मागेर सबै भक्तजनहरुमा माङवाहाङवा वितरण गर्ने प्रचलन अनुसार मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङ देव उपस्थितीमा हरेक वर्ष खिबेक्वा याक्वा सेवा (उभौली पर्व) को अवसरमा माङवाहाङवा (बीउविजन) वितरण हुने गरेको छ ।

सावायेहाङ खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण महान समारोहका अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा सम्पन्न गरिएको थियो ।

सम्बन्धित खवर