- आन्छुमे नसान
माघ १०, पान्थर । सञ्चारकर्मी सन्देश सुब्बाको निर्देशिनमा याक्थुङ (लिम्बू) भाषाको गित ‘केवालुङ’ सार्वजनिक गरिएको छ ।
फुङमा तुम्रोकको संगीत र आवाजमा सजिएको गित ‘केवालुङ’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।
कृष्णभक्त राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको गीतको शब्द सन्देशलेनै लेखेका हुन् ।
बरदान लिम्बू इङ्वाको छायांकन तथा सम्पादन र ज्योति बेघा लिम्बूको मेकअपमा त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको भिडियोमा सागर केरुङ, दिपिका तुम्रोक र सिरु इङ्वाको अभिनय रहेको छ ।
रोशा हाङसरुम्बा लिम्बु र सन्दिप तुम्रोकको निर्माणमा पान्थरको रमणीय स्थलहरुमा छायांकन गरिएको भिडियो बरदान प्रडक्शन अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस…