पुर्वी स्टार : लाईभ राउण्डका लागि २५ प्रतिभा छानिए - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पुर्वी स्टार : लाईभ राउण्डका लागि २५ प्रतिभा छानिए

माघ ११, धरान । गायन प्रतिभा भएर पनि ओझेलमा परेका प्रतिभाहरुको लागि अवसर दिने उद्देश्यका साथ संचालन गरिएको पुर्वी स्टार गायन प्रतियोगिताको लाईभ राउण्डका लागि २५ जना प्रतिभा छानिएका छन् ।

बिहिबार सार्वजनिक भए अनुसार गायन प्रतियोगिताको जज राउण्ड बाट लाईभ राउण्डका लागि १२ महिला सहित २५ जना प्रतिभा छानिएका हुन् ।

यस अघिको जज राउण्डमा ४० जना सहभागी रहेको र ति प्रतिभाहरुमध्येबाट लाईभ राउण्डका लागि २५ प्रतियोगी छानिएको पूर्वी स्टारका प्रबन्ध निर्देशक टिआर सेनेहाङले जानकारी दिनुभयो ।

हाङ अनलाइन म्यूजिक प्रालिको व्यानरमा आयोजना हुन गईरहेको यस गायन प्रतियोगिताको लाईभ राउण्डका लागि छनोट भएका प्रतियोगीहरुले माघ १९ गते धरानमा हुने लाईभ राउण्डमा सहभागिता जनाउने पूर्वी स्टारका कार्यक्रम संयोजक सुमन सानु कुरुम्बाङले जानकारी दिनुभयो ।

पुर्वी स्टार लाईभ राउण्डमा छानिएका प्रतियोगी प्रतिभाहरुको नामावली :

सम्बन्धित खवर