शाहिल र स्मिताको आवाजमा ‘चाँदीको चम्चा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

शाहिल र स्मिताको आवाजमा ‘चाँदीको चम्चा’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माघ १४, माङसेबुङ । द भ्वाइस अफ नेपाल सिजन ४ को फाइनलिष्ट भएसँगै चर्चा बटुलेका गायक तथा संगीतकार शाहिल लिम्बू र द भ्वाइस अफ नेपाल सिजन ५ बाट चर्चा बुटुलेकी गायिका स्मिता प्रधानको आवाजमा सजिएको रोमान्टिक गित ‘चाँदीको चम्चा’ सार्वजनिक गरिएको छ ।

डिपी खनालको शब्द तथा शाहिल लिम्बू र रबिन भुषालको संगीतमा सजिएको प्रेमिल गित ‘चाँदीको चम्चा’ को स्टुडियो लिप्सिङ भिडियो सार्वजनिक गरिएको हो ।

बिसम आचार्यको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा योगेन मुकारुङले रेकर्ड गरेको गितको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन् ।

दामी क्रिएशनले तयार पारेको भिडियो गायक शाहिल लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर