मुक्कुमलुङ संरक्षणमा समर्पित ‘हाम्रो मुक्कुमलुङ’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मुक्कुमलुङ संरक्षणमा समर्पित ‘हाम्रो मुक्कुमलुङ’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माघ २०, माङसेबुङ । मुन्धुमी आस्थाको पवित्र स्थल मुक्कुमलुङ संरक्षणका लागि केवलकार निर्माण बिरुद्ध गित संगीतको माध्यमबाट समेत टेवा पु¥याउने उदेश्यले तयार पारिएको गित ‘हाम्रो मुक्कुमलुङ’ सार्वजनिक गरिएको छ ।

आलोक माबोहाङ लिम्बूको शब्द, स्वपनिल स्मृतिको शव्द सम्पादन तथा ब्रबिम सेर्मा चेसुङको संगीतमा ब्रबिम सेर्मा, शाहिल लिम्बू, नोगेन हाङसरुम्बा लिम्बू, गंगा फियाक र इन्दिरा नेम्बाङको आवाज रहेको गित ‘हाम्रो मुक्कुमलुङ’ को भिडियो सार्वजनिक गरिएको हो ।

देबेश राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितको मिक्सिङ तथा मास्टरिङ योगेन मुकारुङ राईले गरेका छन् भने भिडियोको छायांकन तथा सम्पादन कृष्ण थलङले गरेका हुन् ।

मुक्कुमलुङ किरात याक्थुङहरु लिम्बूहरुको मुन्धुमी आस्थाको केन्द्र हो । मुक्कुम्लुङलाई मुन्धुमी आस्थाको धरोहरको रुपमा संरक्षण र बिकास गर्नुपर्छ । अतिक्रमण र अन्यायको बिरुद्ध जुटेर लडौं भन्ने नाराका साथ केवलकार निर्माण बिरुद्ध पहिचानबादीहरुको आन्दोलन चर्किरहेको बेला सोही आन्दोलनलाई सहयोग पु¥याउनको निमित्त तयार पारिएको गितको भिडियो ब्रबिम सेर्मा अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर