दिनेशको निर्देशनमा बिमला र आशिस अभिनित ‘बरैको हाँगा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिनेशको निर्देशनमा बिमला र आशिस अभिनित ‘बरैको हाँगा’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माघ २२, काठमाडौं । निर्देशक दिनेश माङमु लिम्बूको निर्देशनमा गायिका कल्पना राई र गायक रुद्र सुबेदीको आवाजमा सजिएको गित ‘बरैको हाँगा’ सार्वजनिक गरिएको छ ।

सिर्जना लिम्बूको मुख्य सहायक निर्देशनमा जानु काम्बाङको शव्द तथा कुशल थलङको संगीतमा सजिएको बिल्कुलै नयाँ गित ‘बरैको हाँगा’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

सागर तामाङको छायांकन, रोजीना श्रेष्ठको मेकअप र पुरण राईको सम्पादन, कलर र ग्राफीक रहेको भिडियोमा बिमला खजुम लिम्बू र आशिस लिम्बूको अभिनय रहेको छ ।

सुजन आङदेम्बेको संगीत संयोजनामा सेवा रेकर्डिङ स्टुडियोमा योगेन मुकारुङ राईले रेकर्ड गरेको गित र भिडियोलाई एसएसओजी अफिसियलले तयार पारेको हो ।

उद्घम पुन मगरको सहायक छायंकनमा थमन केसी प्रडक्शन कन्ट्रोलर रहेको भिडियो एसएसओजी अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर