- आन्छुमे नसान
माघ २६, माङसेबुङ । गायिका निरन्ता नेम्बाङ र गायक सुमन लिम्बूको सुमधुर आवाजमा सजिएको पालाम साम्लो ‘थोक्फेला ५’ सार्वजनिक गरिएको छ ।
निरन्ता नेम्बाङकै शब्द तथा लय संकलन रहेको पालाम साम्लो ‘थोक्फेला ५’ को भिडियो सार्वजनिक गरिएको हो ।
मनोज साङसोन राईको संगीत संयोजनमा किङ्ग स्टुडियोमा सुरेश राईले रेकर्ड गरेको पालाम साम्लोको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका छन् ।
जस्केलो क्रिएशनले तयार पारेको भिडियो गायिका निरन्ता नेम्बाङको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
पालाम साम्लो हेर्नुहोस…