दक्षिण कोरियामा ब्रबिम सेर्माको एकल साँगितिक साँझ सम्पन्न - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दक्षिण कोरियामा ब्रबिम सेर्माको एकल साँगितिक साँझ सम्पन्न

फागुन ५, माङसेबुङ । पहिचानबादी गायक तथा संगीतकार ब्रबिम सेर्मा चेसुङको दक्षिण कोरियामा एकल साँगितिक साँझ सम्पन्न भएको छ ।

कोरियाको दोङदेमुन सउलमा अवस्थित नेपाली थाई रेष्टुरेन्टमा गत फेब्रवरी ९ तारिक साँझ गायक तथा संगीतकार सेर्माको एकल साँगितिक साँझ सम्पन्न भएको हो ।

गायक सेर्माले नुरिकाङ वये मिम्जिमे, लुङ्माबो याङघेक, आल्ल इङगा साम्लोआ खेप्सेमेना, लाङदाक सेवारो, पनुनुमा तरेमेन, याक्थुङ तङनाम्मो, चल्लक चल्लक, मेखिम चोक्सिना, मिक्वाग थासाङ, सिकपसम तरेमाहा, ज्यानै हाजिर भो, हाम्रो मुक्कुम्लुङ, सेवारो नमस्ते, गणतन्त्र नेपाल र प्रदेशको नाम कोशि मान्दैनौ गरि डेढ दर्जन बढी गितहरु गाएर दर्शकहरुलाई झुमाएका थिए ।

यसैगरि किरात याक्थुङ पापोहाङ सयङ सङजुम्भो दक्षिण कोरियाको दोस्रो महाधिबेशन समेत सम्पन्न भएको छ ।

पहिचानबादी गायक तथा संगीतकार ब्रबिम सेर्माको प्रमुख आतिथ्यमा सम्पन्न महाधिबेशनले नया कार्यसमिति समेत चयन गरेको थियो ।

किरात याथुङ चुम्लुङ र किरात राई यायोखाको पदाधिकारी तथा प्रतिनिधिहरु समेतको उपस्थितिमा नरेन्द्र सेर्माको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन याम कुमार सेर्माले गरेका थिए ।

सम्बन्धित खवर