हाङको निर्देशनमा निरन्ता र जीवनको पालाम ‘मेरिङदेन पाङ्भे’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हाङको निर्देशनमा निरन्ता र जीवनको पालाम ‘मेरिङदेन पाङ्भे’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

फागुन ५, माङसेबुङ । निर्देशक हाङ चेम्जोङको निर्देशनमा गायिका निरन्ता नेम्बाङ र गायक जीवन केदेमको आवाजमा सजिएको पालाम साम्लो ‘मेरिङदेन पाङ्भे’ सार्वजनिक गरिएको छ ।

नेम खापुङको शव्द संकलन तथा जीवन केदेमको लय संकलनमा रानी चोङ्बाङ र बिबश नेम्बाङको समेत आवाज रहेको पालाम साम्लो ‘मेरिङदेन पाङ्भे’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

शिर कुमार साङ्पाङको छायांकन, पर्शु थलङको सम्पादन तथा महेश सिक्देलको श्रृंगार रहेको पालाममा जिबन केदेम, पुष्पाञ्जली तिल्लिङ(चाप्पेती कुम्मा), चन्द्र केदेम, मिना नेम्बाङ, तारा केदेम, दिब्य सम्बाहाङ्फे, मङ्गलबीर केदेम, मनरानी केदेम र लाख हाङ्मा केदेमले अभिनय गरेका छन् ।

मनोज साङ्सोन राईको संगीत संयोजनमा स्टुडियो किङ अनामनगरमा रेकर्ड गरिएको पालामको मिक्सिङ राजु कार्कीले गरेका हुन् ।

पालाम साम्लो गायक ताथा मोडल जीवन केदेम अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

पालाम हेर्नुहोस…

सम्बन्धित खवर