लिम्बू साँस्कृतिक चलचित्र ‘सुगुप’ को संसार भरी प्रदर्शन हुदैं - Mangsebung News
  • शनिबार, बैशाख २२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिम्बू साँस्कृतिक चलचित्र ‘सुगुप’ को संसार भरी प्रदर्शन हुदैं

फागुन ८, हङकङ । लिम्बू साँस्कृतिक नेपाली कथानक चलचित्र ‘सुगुप’ को हङकङको गोल्डेन हार्वेस्ट वाम्पो सिनेमा हलमा उल्लेख्य दर्शक हरु माझ गत फेब्रवरी १० मा भब्य प्रिमियर शो भएको छ ।

चोकफुङ ईन्टरटेनमेन्ट प्रालीको ब्यानरमा रबिनकुमार नाल्बो द्वारा प्रस्तुत चलचित्र सुगुप हङकङको भब्य प्रदर्शनी पश्चात् अब संसार भरी प्रदर्शनमा जाने भएको छ ।

लिम्बू समुदायको मुन्धुममा सुत्केरी महिलाको मृत्युुमा गरिने अन्तिम संस्कार लाई सुगुप भनिन्छ ।

निर्माण नियन्त्रक ईन्द्र सेर्पा रहेको सुगुप चलचित्रको निर्देशन युवा निर्देशक लोकेन साँवाले गरेका हुन् भने यसको पटकथा देबेन्द्र खापुङले लेखेका हुन् ।

हङकङका युवा ब्यावसायी, समाजसेबी तथा ग्रैण्ड मास्टर रबिन कुमार नाल्बो प्रमुख निर्माता रहेको सुगुप मा दिलमाया लाबुङ नाल्बो र सैलेन्द्र कुमार नाल्बो निर्माता रहेका छन् भने एल पि साँवा, मनिसा नाल्बो, श्री प्रसाद माबो, राम प्रसाद पंधाक सह निर्माता रहेका छन् ।

वरिष्ठ अभिनेता प्रेम सुब्बा, लिम्बू समुदायका चर्चित कलाकार मौसम ईम्बुङ लिम्बू (फुलेन्देको बाउ) र बबिता नेयोङहाङको मुख्य भुमिका रहेको सुगुपमा यासेली योङहाङ, सुम्निमा खापुङ, डम्बरकुमारी पयाङगो, निता लिम्बू, पन्ना आङ्बो, योमन सोदेम्बा, तिर्थ मादेम्बा, सैलेन्द्र नाल्बो, रुकमान लिम्बू, मनकुमार योङहाङ, रबिनकुमार नाल्बो, उदय बेघा, युवराज ईस्बो, ईन्द्रा पंधाक र लिला सेलिङ माबोको पनि अभिनय रहेको छ ।

युवराज राईको छाँयाङकन, बिपिन मल्लको सम्पादन, अशोक राईको संगीत, कमल राईको नृत्य, किसोर सम्बाहाङफेको द्वन्द निर्देशन रहेको सुगुपको काठमाडौंमा आगमी फागुन १२ र १७ गते प्रिमियर हुदैछ ।

नेपालको पूर्वी भाग धरानमा फागुन १९–२५ गते, बराह छेत्र चक्रगत्ती फागुन १९ गते, पथरी मोरङमा फागुन २५ र २६ गते, इटहरीमा फागुन २८ गते, बिराटनगरमा फागुन २८ गते र दमकमा चैत ३ गते प्रिमियर शो हुदैछ ।

नेपाल र भारत दुबै देशको बिभिन्न ठाउँहरुमा छाँयाङकन गरिएको चलचित्र सुगुप लिम्बू समुदायको बहुप्रतिक्षीत चलचित्र हो ।

सम्बन्धित खवर