नाटक ‘झोडा’ आजबाट शिल्पी थिएटरमा मञ्चन सुरु - Mangsebung News
  • शनिबार, बैशाख २२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नाटक ‘झोडा’ आजबाट शिल्पी थिएटरमा मञ्चन सुरु

फागुन ११, माङसेबुङ । इलामको चुलाचुली रंगमञ्चद्वारा निर्मित पाँच दशक अघि पहाडबाट तराईमा झरेर झोडा फाँडेर बस्ती बसाल्नेहरूको संघर्ष र तिनले भोगेका दर्दनाक कथा प्रस्तुत गरिएको नाटक ‘झोडा’ काठमाडौं बत्तिसपुतली स्थित शिल्पी थिएटरमा मञ्चन सुरु भएको छ ।

वरिष्ठ गायक, संगितकार तथा लेखक गणेश रसिकको उपन्यास ‘आकाश गंगाको ओतमुनी’ बाट सुमन लिङ्देनको नाट्य रुपान्तरणमा चेतन आङ्थुपाको परिकल्पना तथा निर्देशने रहेको नाटक ‘झोडा’को आज(शुक्रबार) बाट मञ्चन सुरु भएको हो ।

करिब एक घण्टाको समयावधि रहेको नाटक हरेक दिन बेलुका ५ बजे देखि र शनिबार १ बजे अतिरिक्त मञ्चन रहने आयोजकले जनाएको छ ।

फागुनको २२ गते सम्म मञ्चन रहने नाटकले पुर्वको झोडा फडानी र बस्ती बिस्तारको बारेमा चित्रण गरेको पाइन्छ ।

नाटकमा मनकुमार योङहाङ, रमिला राई, उदय बेघा, बन्वो सन्तोष, प्रवीण मगर, बबिना राई, मीना नेम्वाङ, विपिसा राई, मनिक शंकर, युगल लिम्बू, दीपक खरेल, प्रवीण भण्डारी, चेतना आचार्य र प्रिन्स तामाङले अभिनय गरेका छन् ।

बाजे बजैको कथन अनुसार उ बेला तराईका फाँट वनजंगलले ढाकेको हुन्यो । घना जंगलमा भएका ठुला ठुला रुखहरु काटन पाईन्न थियो रे । वस्ती बसाउन त्यति सहज थिएन भन्नु हुन्थ्यो । एकातिर बन पालेले दुख दिन्थ्यो भने अर्कोतिर औलोको डर त्यतिनै कहालि लाग्दो थियो ।

त्यस्तो अवस्थाको वावजुद पनि पहाडबाट तराईमा झरेर भूपू शैनिकहरुले झोडा फाँडेर बस्ती बसाल्नलाई संघर्ष गर्नु परेको कहालिलाग्दो मर्मस्पर्शि कथा हो नाटक ‘झोडा’ । उसबेला राज्यले झोडा अधिकार भनेपनि राजनैतिक संयन्त्र संग खिचा तानी र मेल नखानाले साथै केहि दलाल ठगहरुले गर्दा समेत झोडा आवाद गर्नेले साहै सास्ति पाउन सम्म पाएका थिए । बिचौलियाको जालमा परेर अनाहकमा दुख भोग्नु परेको थियो ।

यसअघि नाटक झोडा दमक स्थित किरात भवनमा ९ दिन मञ्चन भएको थियो ।

सम्बन्धित खवर