- आन्छुमे नसान
फागुन १३, माङसेबुङ । गायक लेखु बिवसको आवाजमा सजिएको मर्मस्पर्शी गित ‘बिर्सेउ कि मायालु’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
ज्ञानेन्द्र गदालको शव्द तथा शम्भु राईको संगीतमा सजिएको गित ‘बिर्सेउ कि मायालु’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
सुबास राईको निर्देशनमा सनि लिम्बूको निर्माण रहेको भिडियोमा पुष्पाञ्जली तिलिङ मादेन(चाप्पेतीको आमा), राजु लिम्बू र कुबेर साँबा लिम्बूको अभिनय रहेको छ ।
त्रिकोणात्मक प्रेम कथामा हाँसो, रोदन र पिडा मिसिएको भिडियोमा रोशन बान्तावा राईको मेकअप तथा एडम लिम्बूको छायाँकन, सम्पादन, ड्रोन, सम्पादन र कलर रहेको छ ।
भिडियो आवर धरान अनलाईन मिडिया अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस…