पदम र सुनिताको ‘हातैमा लेखेको’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पदम र सुनिताको ‘हातैमा लेखेको’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

फागुन २१, माङसेबुङ । गायक पदम राई गायिका सुनिता संयक लिम्बूको आवाजमा सजिएको रोमान्टिक प्रेमिल गित ‘हातैमा लेखेको’ सार्वजनिक गरिएको छ ।

डिपी खनालको शव्द तथा तारा प्रकाश लिम्बूको संगीतमा सजिएको प्रेमिल गित ‘हातैमा लेखेको’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

सागर लामिछाने मगरको निर्देशनमा सम्भव सुबेदीको छायांकन रहेको भिडियोमा पदम राई, रिया लामा, सुनिता संयक लिम्बू र निमबाबु तामाङको अभिनय रहेको छ ।

निमबाबु तामाङको कोरीयोग्राफीमा सञ्जु थलङको मेकअप, जेमीन राई र अभय राईको सहायक छायांकन रहेको भिडियोमा अनिल रानाको सम्पादन रहेको छ ।

उदय राज पौडेलको संगीत संयोजनमा ए वान म्युजिसियनमा राजेश श्रेष्ठले रेकर्ड गरेको गितको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका छन् ।

पदम राई इन्टरटेन्मेन्टको पोष्ट प्रडक्शनमा प्रेम र रोमान्स प्रस्तुत गरिएको भिडियो पदम राई अफिसियल युट्यूव च्यानलबाट सार्वजनिकि गरिएको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर