देउकृष्णद्वारा निर्देशित गिती चलचित्र ‘निको नहुने रोग’ को प्रिमियर शो सम्पन्न - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देउकृष्णद्वारा निर्देशित गिती चलचित्र ‘निको नहुने रोग’ को प्रिमियर शो सम्पन्न

  • आन्छुमे नसान

फागुन २६, धरान । कलाकार तथा निर्देशक देउकृष्ण लिंखा याक्खाको निर्देशनमा बिमला खजुम लिम्बू र भुवन याक्खाको अभिनय रहेको गिती चलचित्र ‘निको नहुने रोग’ को प्रिमियर शो सम्पन्न भएको छ ।

शनिबार सुनसरी धरानको बराह मलस्थित फ्रेण्ड्स सिनेमा हलमा धरान उपमहानगरपालिकाका उप–मेयर आईन्द्र बिक्रम बेघाको प्रमुख आतिथ्यमा एक कार्यक्रबिच गिती चलचित्र ‘निको नहुने रोग’ को प्रिमियर शो सम्पन्न भएको हो ।

कार्यक्रममा गिती चलचित्रका मोडल तथा नायिका बिमला खजुम लिम्बू, मोडल भुवन याक्खा, बाल कलाकार युनिशा राई, गायक तथा कलाकार आधुनिक देवान, संचारकर्मी टि.आर. सेनेहाङ, गायक सुमन सानु कुरुम्बाङ, गायक प्रकाश सावादेन को साथमा पुर्वी स्टारका टप १५ प्रतिस्पर्धीहरु लगायत दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

गरिबीको चपेटामा रुमालिएका एउटा सानो घरपरिवारमा इच्छा आकांक्षाहरु पुरा हुन नसक्दा उत्पन्न आमाबुवााको घरायसी द्वन्दले छोराछोरीमा पर्ने असर र कठोर मातृ सम्वेदनाका कारण त्यसको प्रतिफल कस्तो हुन्छ भन्ने सन्देश दिन खोजिएको गिती चलचित्रमा आधुनिक देवान, सोनीका याक्खा, चेम्जोङ निर्माला, देउकृष्ण लिंखा याक्खा र बाल कलाकारको रुपमा युनिसा राईको अभिनय रहेको छ ।

समाजमा बिध्यमान रहेको मानवीय समवेदनालाई आकर्षक ढंगले प्रस्तुत गरिएको गिती चलचित्रलाई उपस्थित दर्शकले औधी रुचाएका छन् भने निर्देशक देउकृष्ण लिंखा याक्खा, कालाकार बिमला खजुम लिम्बू, भुवन याक्खा र बालकलाकार युनिसा राईको खुलेरै तारिफ गरेका छन् ।

भुवन याक्खाको निर्माणमा सुमन तामाङको छायांकन, कृष्ण सुबेदीको मेकअप, देवेश राईको ध्वनी संयोजन  र सञ्जेष्ट घायल उदाशी पायलको कला निर्देशन रहेको गिती चलचित्रमा अनिल रानाको सम्पादन तथा कलर रहेको छ ।

आधुनिक देवान(भुमीराज) को शव्द, संगीत तथा आवाजमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितमा कृष्णभक्त राईको संगीत संयोजन, मुस्कान मुकारुङ राईको रेकर्डिङ तथा मिक्सिङ रहेको छ ।

नेक्स्ट जेनेरेशन इन्टरटेन्मेन्टको पोष्ट प्रडक्शन रहेको यस गिती चलचित्र ‘निको नहुने रोग’ को युट्यूवमा भने केहि दिनमा नै सार्वजनिक गर्ने तयारी रहेको निर्देशक देउकृष्ण लिंखा याक्खाले बताए ।

सम्बन्धित खवर