दिपेन्द्रको शव्दमा सुमन र अनुको ‘फुल जस्तै’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिपेन्द्रको शव्दमा सुमन र अनुको ‘फुल जस्तै’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

फागुन २९, माङसेबुङ । गितकार दिपेन्द्र खड्काको शव्द तथा सरोज पोख्रेलको संगीतमा गायक सुमन केसी र गायिका अनु चौधरीको आवाजमा सजिएको प्रेमिल गित ‘फुल जस्तै’ सार्वजनिक गरिएको छ ।

साजन कटेलको निर्देशनमा झलक मणी अधिकारी र आभा थापाको अभिनय रहेको प्रेमिल गित ‘फुल जस्तै’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

दिनेश पराजुलीको छायांकन, पुनम चौधरीको मेकअप, नोभाईस आर्ट्सको पोष्ट प्रडक्शन तथा कुशुम क्रिएशनको पहिरन रहेको भिडियोमा राकेश दाहालको सम्पादन तथा कलर रहेको छ ।

सुमन केसी को संगीत संयोजनमा द पिक स्टुडियोमा दिनेश राजवहाकले रेकर्डिङ गरेको गितको मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीले गरेका हुन् ।

रमेश पराजुलीको सहायक छायांकन रहेको भिडियो सुमन केसीको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर