
- आन्छुमे नसान
चैत १, दमक । झापाको दमकमा अवस्थित डि–म्याक्स सिनेमासमा याक्थुङ (लिम्बू) संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र ‘युक्पुङ’(बस्ती) को बिशेष प्रदर्शनी हुने भएको छ ।
थुप्रै म्यूजिक भिडियोको निर्देशन तथा चलचित्रहरुमा सहायक निर्देशन गरिसकेका कोरियोग्राफर तथा निर्देशक दिनेश माङमु लिम्बूको डेब्यू निर्देशन रहेको चलचित्र ‘युक्पुङ’(बस्ती) को भोली (शुक्रबार) र पर्सि (शनिबार) गरेर दूई दिन बिशेष प्रदर्शनी हुने भएको हो ।
चलचित्र युक्पुङ को शुक्रबार दिउँसो २ बजे एक शो मात्र प्रदर्शन हुने र शनिबार भने दिउँसो २ बजे र ४ बजे गरेर दूई शो प्रदर्शन हुने चलचित्र ‘युक्पुङ’ दमक प्रदर्शनी संयोजक तथा याक्थुङ मुन्चइत चोक सयङका महासचिव बिक्रम फागो वनेमले बताए ।

संयोजक वनेमका अनुसार अफिसियल÷कर्मचारी शुभेच्छुकहरुलागि भने बिशेष गरेर शनिबार दिउँसो ४ बजेको शो राखिएको बताए ।
नोगेन अग्र्यानिक इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्र युक्पुङ बिशेष प्रदर्शनीमा दमक र आस पास गरि पायक पर्ने सबै टाउँबाट उपस्थित भएर चलचित्रलाई हेरिदिन र माया गरिदिनको लागि संयोजक वनेमले अपिल समेत गरेका छन् ।
चलचित्रमा युक्पुङ अर्थात एउटा गाउँको बस्तीको कथालाई उजागर गरिएको निर्देशक दिनेश माङमु लिम्बूले बताए ।
सहरबाट पढाउनलाई गाउँ बस्ती आएका शिक्षित युवक(शिक्षक) जो मात्रृभाषा नबुझ्ने, पालाम नबुझ्ने र गाउँ बस्तीमा हुर्केकी अनपढ तर मात्रृभाषामात्र बुझ्ने पालाम गाउने, मौलिक संस्कुतिको मोह भएकी युवतीबिचको प्रेममा आईपर्ने समस्या र त्यसपछिको संघर्षको रोचक कथा पस्किने प्रयास गरेको निर्देशक माङमुले बताए ।
मौलिक संस्कार संस्कृति र शिक्षाको महत्व दर्शाउन खोजिएको चलचित्रमा यासेली योङहाङ, कबिता आले, कुसल थलङ, सेसेमा सेन्दाङ(कमला), मदन वनेम, डि.बी. लिम्बू, तेज आङदेम्बे, बिनु तुम्बाहाङफे, पुष्पा वनेम, प्रेम ओझा, कुमार ढकाल, सागर केरुङ, नुनाम केरुङ, मिराक वनेम, सुलभ नेम्बाङ, हिमाल लिम्बू, देउमान पालुङवा, टि.आर. सेनेहाङ र रबि किरण मादेन लगायतले अभिनय गरेका छन् ।

बिष्णु मोक्तान र मदन वनेमको पटकथा तथा नरकुमारी वनेम सेन्दाङ, स्वः भिमा पाङमा(सियेम), इन्दु लाओती र ममता यक्सो निर्माता रहेको चलचित्रमा रविन्द्र बरालको छायांकन, राजु घिमिरेको मुख्य सहायक निर्देशन, तरा शर्माको मेकअप, मदन वनेमको शव्द तथा यासेली योङहाङ र मदन वनेमको संगीत रहेको छ ।




 
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                        



