- आन्छुमे नसान
चैत १, दमक । गायक तथा संगीतकार राज शुक्र लिम्बू र गायिका आशा लावतीको सुमधुर आवाजमा सजिएको पुर्वेली लोक भाकाको गित ‘सोल्टीनी र मेरो भेट’ सार्वजनिक गरिएको छ ।
गणेश सुबेदीको शव्द संकलन तथा श्याम लिम्बूको लय संकलन र संगीत संयोजन रहेको पुर्वेली गित ‘सोल्टीनी र मेरो भेट’ को स्टुडियो भिडियो सार्वजनिक गरिएको हो ।
श्रद्धा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितको अडियो लेवल भने मनोरञ्जन नेपालको रहेको छ ।
आई क्रिएशन नेपालको पोष्ट प्रडक्शन रहेको भिडियोको छायांकन तथा सम्पादन शेखर राईको रहेको छ ।
भिडियो गायिका आशा लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस…