दमकमा चलचित्र ‘युक्पुङ’ को दोस्रो दिन शनिबारको शो पनि हाउसफुल - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकमा चलचित्र ‘युक्पुङ’ को दोस्रो दिन शनिबारको शो पनि हाउसफुल

  • आन्छुमे नसान

चैत ३, दमक । लिम्बू समुदायमा रहेको जीवनशैली प्रेम र संघर्षको कथा उजागर गरिएको याक्थुङ लिम्बू संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र ‘युक्पुङ’(बस्ती) को बिशेष प्रदर्शनीको दोस्रो दिनको शो पनि हाउसफुल भएको छ ।

आज शनिबार दमकमा अवस्थित डि–म्याक्स सिनेमासमा युक्पुङ अर्थात एउटा लिम्बू गाउँ घर बस्तीको कथा, गाउँले पाराको प्रेम र लवजलाई टपक्क टिपेर सुन्दर तरिकाले निर्माण गरिएको चलचित्र ‘युक्पुङ’(बस्ती) को दोस्रो दिनको दूईवटै शो हाउसफुल भएको हो ।

पहिलो दिनको शो हाउसफुल भएको र दर्शकले औधी रुचाएको पाईएकोले दोस्रो दिन दूईवटा शो गर्नु परेको र उक्त शो समेत हाउसफुल भएको दमक प्रदर्शनी संयोजक तथा याक्थुङ मुन्चइत चोक सयङका महासचिव बिक्रम फागो वनेमले बताए ।

चलचित्र ‘युक्पुङ’(बस्ती) को निर्देशन भने लाई थुप्रै म्यूजिक भिडियोको निर्देशन तथा चलचित्रहरुमा सहायक निर्देशन गरिसकेका कोरियोग्राफर तथा निर्देशक दिनेश माङमुले गरेका हुन् । चलचित्रमा निर्देशक माङमुको यो डेब्यू निर्देशन हो ।

नायक कुशल थलङको अध्यक्षतामा भएको आज(शनिबार) को पहिलो शो प्रदेश नं १ का सांसद शोभा पालुङवाको प्रमुख आतिथ्यमा, बरिष्ठ स्वस्थ्यकर्मी बाल चान्द्र सुब्बा र किरात याक्थुङ चुम्लुङ उर्लाबारी नगर अध्यक्ष बानु तुम्बाहाङफेको बिशेष आतिथ्यमा सम्पन्न भएको थियो भने दोस्रो तथा अन्तिम शो चुलाचुली गाउँपालिका ४ का वडाध्यक्ष सागर जबेगु, फक्ताङलुङ साँस्कृतिक मञ्चका केन्द्रीय अध्यक्ष यादन सेर्मा नुनाम, निर्देशक रवि सेर्मा र सामाजिक व्यक्तित्व नामेन्द्रसिं आङबुहाङ लगायत थुप्रै सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

नोगेन अज्र्ञानिक इन्टरटेनमेन्ट प्रा.लि. को प्रस्तुति रहेको चलचित्र युक्पुङ बिशेष प्रदर्शनीको आयोजना भने किरात याक्थुङ चुम्लुङ नगर समित दमक झापा, किरात याक्थुङ चुम्लुङ नगर समिति उर्लाबारी मोरङ, याक्थुङ मुन्चइत चोक सयङ केन्द्रीय कार्य समिति काठमाडौं, लिम्बू बिद्यार्थी मञ्च जिल्ला कार्य समिति झापा, याक्थुङ युवा मञ्च जिल्ला कार्य समिति झापा र मुन क्रिएशन प्रा. लि. दमकले संयुक्त रुपमा गरेका छन् ।

मौलिक संस्कार संस्कृति र शिक्षाको महत्व दर्शाउन खोजिएको चलचित्रमा यासेली योङहाङ, कबिता आले, कुसल थलङ, सेसेमा सेन्दाङ(कमला), मदन वनेम, डि.बी. लिम्बू, तेज आङबुहाङ, बिनु तुम्बाहाङफे, पुष्पा वनेम, प्रेम ओझा, कुमार ढकाल, सागर केरुङ, नुनाम केरुङ, मिराक वनेम, सुलभ नेम्बाङ, हिमाल लिम्बू, देउमान पालुङवा, टि.आर. सेनेहाङ र रबि किरण मादेन लगायतले अभिनय गरेका छन् ।

बिष्णु मोक्तान र मदन वनेमको पटकथा तथा नरकुमारी वनेम सेन्दाङ, स्वः भिमा पाङमा(सियेम), इन्दु लाओती र ममता यक्सो निर्माता रहेको चलचित्रमा रविन्द्र बरालको छायांकन, राजु घिमिरेको मुख्य सहायक निर्देशन, तरा शर्माको मेकअप, मदन वनेमको शव्द तथा यासेली योङहाङ र मदन वनेमको संगीत रहेको छ ।

 

सम्बन्धित खवर