देउकृष्णद्वारा निर्देशित गिती चलचित्र ‘निको नहुने रोग’ युट्यूवमा सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देउकृष्णद्वारा निर्देशित गिती चलचित्र ‘निको नहुने रोग’ युट्यूवमा सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

चैत ५, धरान । कलाकार तथा निर्देशक देउकृष्ण लिंखा याक्खाको निर्देशनमा बिमला खजुम लिम्बू र भुवन याक्खाको अभिनय रहेको गिती चलचित्र ‘निको नहुने रोग’ सार्वजनिक गरिएको छ ।

आधुनिक देवान(भुमीराज) को शव्द, संगीत तथा आवाजमा नायिका बिमला खजुम लिम्बू, भुवन याक्खा, आधुनिक देवान, सोनीका याक्खा, चेम्जोङ निर्माला, देउकृष्ण लिंखा याक्खा र बाल कलाकारको रुपमा युनिसा राईको अभिनय रहेको गिती चलचित्र ‘निको नहुने रोग’ को भिडियो युट्यूवमार्फत सार्वजनिक गरिएको हो ।

यसअघि फागुन २६ मा सुनसरी धरानको बराह मलस्थित फ्रेण्ड्स सिनेमा हलमा धरान उपमहानगरपालिकाका उप–मेयर आईन्द्र बिक्रम बेघाको प्रमुख आतिथ्यमा एक कार्यक्रबिच गिती चलचित्र ‘निको नहुने रोग’ को प्रिमियर शो सम्पन्न भएको थियो ।

गरिबीको चपेटामा रुमालिएका एउटा सानो घरपरिवारमा इच्छा आकांक्षाहरु पुरा हुन नसक्दा उत्पन्न आमाबुवााको घरायसी द्वन्दले छोराछोरीमा पर्ने असर र कठोर मातृ सम्वेदनाका कारण त्यसको प्रतिफल कस्तो हुन्छ भन्ने सन्देश दिन खोजिएको गिती चलचित्रमा समाजमा बिध्यमान रहेको मानवीय समवेदनालाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ ।

निर्देशक देउकृष्ण देवान लिंखा याक्खा

भुवान याक्खाको निर्माणमा सुमन तामाङको छायांकन, कृष्ण सुबेदीको मेकअप, सञ्जेष्ट घायल, उदाशी पायलको कला निर्देशन रहेको गिती चलचित्रमा अनिल रानाको सम्पादन तथा कलर रहेको छ ।

सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितमा कृष्णभक्त राईको संगीत संयोजन, मुस्कान मुकारुङ राईको रेकर्डिङ तथा मिक्सिङ रहेको छ ।

नेक्स्ट जेनेरेशन इन्टरटेन्मेन्टको पोष्ट प्रडक्शन रहेको यस गिती चलचित्र भुवन याक्खा अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर