इलामको चुलाचुलीमा पहिचान पक्षधरका साझा उम्मेदवार डकेन्द्र सिंह थेगिमको पहिलो चुनावी सभा सम्पन्न - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलामको चुलाचुलीमा पहिचान पक्षधरका साझा उम्मेदवार डकेन्द्र सिंह थेगिमको पहिलो चुनावी सभा सम्पन्न

चैत ६, दमक । इलाम जिल्ला क्षेत्र नं. २ को उप–निर्वाचनको लागि प्रदेश नं. १ पुनः नामाङकन संयुक्त सङघर्ष समितिको साझा उम्मेदवार डकेन्द्र सिंह थेगिमको पहिलो चुनावी सभा सम्पन्न भएको छ ।

सोमबार इलामको चुलाचली गाउँ पालिका वडा नं. १ कमलमा भव्यताका साथ थेगिमको पहिलो चुनावी सभा सम्पन्न भएको हो ।

चुलाचुली – १ कमलस्थित राजकुमार आङदेम्बे माङतोकको शालिकस्थलमा आयोजना गरिएको स्वागत तथा परिचय कार्यकममा साझा उम्मेद्वार डकेन्द्र सिंह थेगिम, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेन ‘मिराक’, किरात याक्थुङ चुम्लुङका सङघीय अध्यक्ष प्रेम येक्तेन, प्रस्तावित राष्ट्रिय जनमुक्ति पार्टीका बरिष्ट नेता सञ्जुहाङ पालुङवा, जसपाका केदार धिमाल, किरात राई यायोख्खाका केन्द्रिय उप–महासचिव अर्जुन जुम्नेली, प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समिति झापाका संयोजक तथा नेपाल आदिवासी जनजाति महासङघ झापाका अध्यक्ष पाण्डवलाल चौधरी, महिला नेतृ इन्दिरा द्धौराली लगायतका वक्ताहरूले बिजयीको अग्रिम शुभकामना सहित मन्तव्य राखेका थिए ।

कार्यक्रममा लोकप्रिय कलाकार जितेन राई, सुनिता थेगिम र तिर्सना नेम्बाङले साँगितिक प्रस्तुति दिएका थिए ।

प्रदेश नं. १ पुनः नामाङकन संयुक्त सङघर्ष समिति चुलाचुलीका संयोजक मिलन रूम्दालीको सभापतित्वमा सम्पन्न उम्मेद्वार स्वागत तथा परिचयात्मक सभा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर