पूर्वी स्टार गायन प्रतियोगितामा छानिए उत्कृष्ट १० - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पूर्वी स्टार गायन प्रतियोगितामा छानिए उत्कृष्ट १०

चैत ७, धरान । गायन प्रतिभा भएर पनि ओझेलमा परेका प्रतिभाहरुको लागि सांगितिक क्षेत्रमा भविश्य स्थापना गर्ने उद्देश्यका साथ संचालन गरिएको पूर्वी स्टार गायन प्रतियोगितामा उत्कृष्ट १० प्रतिस्पर्धीहरु छानिएका छन् ।

प्रदेश नं. १ को ऐतिहासिक शहर धरानबाट संचालन भईरहेको यस शो को टप–१५ बाट टप–१० छनौट भएको पूर्वी स्टार सिजन १ का प्रबन्ध निर्देशक टिआर सेनेहाङले जानकारी दिनुभयो ।

हाङ अनलाइन म्यूजिक प्रालिको व्यानरमा आयोजना भएको यस गायन प्रतियोगिताको टप–१० मा ५ महिला र ५ पुरुष रहेको पूर्वी स्टार सिजन–१ का कार्यक्रम संयोजक सुमन सानु कुरुम्बाङले जानकारी दिनुभयो ।

उत्कृष्ट १० मा पर्ने सहभागी प्रतिभाहरुमा शान्ति राई भोजपुर, विनय केदेम ताप्लेजुङ, स्वस्तिका योङहाङ इलाम, अरुण बराईली धरान, शान्ति लिम्बू सिक्किम, सागर तामाङ आसाम, अजया खत्री इलाम, भैरव लिम्बू तेह्रथुम, फेसना राई धरान र साजन वान्तावा राई भोजपुर रहेका छन् ।

उपत्यका भन्दा बाहिर पहिलोपटक हुदै गरेको रियालिटी शो पूर्वी स्टारको बिजेताले नगद ४ लाखको साथमा सुनको सिक्री, ट्रफि, एउटा गित रेकर्ड र प्रमाण पत्र पाउने छन् । दोश्रो हुनेले नगद एक लाख १ लाख ५० हजारको साथमा ट्रफि, एउटा गित रेकर्ड र प्रमाण पत्र र तेश्रो बिजेताले नगद ५० हजार, ट्रफि, एउटा गित रेकर्ड र प्रमाण पत्र पाउने छन् ।

यस शो को फाईलन नयाँ सालको बैशाखमा हुने आयोजकले जनाएको छ ।

 

सम्बन्धित खवर