सुहाङ नेम्वाङ, इलाम २ उपनिर्वाचनका लागि एमालेको उम्मेदवार - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुहाङ नेम्वाङ, इलाम २ उपनिर्वाचनका लागि एमालेको उम्मेदवार

चैत ११, इलाम । आगमी बैशाक १५ गते हुने इलाम क्षेत्र नं. २ को उपनिर्वाचनका लागि नेकपा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार उठाउने निर्णय गरेको छ ।

आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले सुहाङलाई उम्मेदवार उठाउने निर्णय गरेका हो । सुहाङ स्वर्गीय एमाले नेता सुवासचन्द्र नेम्वाङका छोरा हुन् ।

सुहाङ नेम्वाङसहित ६ जनाको नाम सिफारिस भएकोमा पार्टीले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उम्मेदवारी दिने अन्यमा बुद्धि खनाल, रवीन्द्र सुवेदी, नरेन्द्रनाथ भट्टराई, डा. देबी क्षेत्री दुलाल र रिप्पल राई लगायत रहेका थिए ।

सम्बन्धित खवर