इलाममा अर्जुन येक्तेनको संयोजकत्वमा पहिचानको लागि युवा घोषणा - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा अर्जुन येक्तेनको संयोजकत्वमा पहिचानको लागि युवा घोषणा

चैत ११ इलाम। पहिचानको लागि युवा इलाम जिल्ला समिति गठन गरिएको छ ।

शनिबार सहिद पदम लिम्बु (लाजेहाङ)को प्रथम वार्षिक स्मृति दिवसको अवसरमा इलाममा आयोजित कार्यक्रममा अर्जुन येक्तेन याक्थुङसाको संयोजकत्वमा ५ सय १ सदस्यीय पहिचानको लागि युवा दस्ता घोषणा गरिएको हो ।

कोशी प्रदेश नाम खारेजीको आन्दोलन अन्तर्गत पहिचानवादीहरुका साझा उम्मेदवार डकेन्द्रसिंह थेगिमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गायिका सुनिता थेगिमले सांगीतिक प्रस्तुति दिएकी थिइन् । थेगिम प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिको तर्फबाट इलाम २ उपनिर्वाचनका लागि उम्मेदवार बनेका हुन् ।

कार्यक्रममा प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिका संयोजक प्रेम येक्तेन, पहिचानका लागि युवाका केन्द्रीय संयोजक भीम राई, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन, कृष्ण चोङबाङ, कमल तिगेला लगायतको उपस्थिति रहेको थियो ।

पहिचानको लागि युवा इलामले उपनिर्वाचनमा साझा उम्मेदवार थेगिमलाई विजय गराउने भूमिका पनि निर्वाह गर्नेछ ।

यसैगरि सहिद लाजेहाङको प्रथम स्मृतिसभा शनिबार विभिन्न स्थानमा गरिएको थियो भने साझ दीप प्रज्वलन गरिएको थियो ।

सम्बन्धित खवर