हाङको निर्देशनमा पालाम ‘निङ्वासुम १५, मिम्जी फुङ काप्ला’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हाङको निर्देशनमा पालाम ‘निङ्वासुम १५, मिम्जी फुङ काप्ला’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

चैत ११, माङसेबुङ । निर्देशक हाङ चेम्जोङको निर्देशनमा पालाम ‘निङ्वासुम १५, मिम्जी फुङ काप्ला’ सार्वजनिक गरिएको छ ।

शान्ता केरुङको शव्द संकलन तथा दुर्गा तुम्साको लय संकलनमा गायक जिवन केदेम र गायिका दुर्गा तुम्साको आवाजमा सजिएको पालाम ‘निङ्वासुम १५, मिम्जी फुङ काप्ला’ को भिडियो सार्वजनिक गरिएको हो ।

मनोज साङ्सोनको संगीत संयोजनमा म्युजिक मिडिया धरानमा रेकर्ड गरिएको पालाममालाई राजु कार्कीले मिक्सिङ गरेका हुन् भने, निरन्ता नेम्बाङ् र शिव कुमार सम्बाहाङ्फेको समेत आवाज रहेको छ ।

शिर कुमार राईको छायांकन तथा अनिल रानाको सम्पादन रहेको पालाम भिडियोमा जिवन केदेम, दुर्गा तुम्सा, रिता फोम्बो ठुली, सुन्दर निंलेकु, दिप केरुङ, सीता फोम्बो, याम फत्र लिम्बु, सनी नेम्बाङ, भीमा चेम्जोङ, अन्जना याक्खा क्याक लिम्बु र अबि मामता सम्बाहाङ्फेको अभिनय रहेको छ ।

पालाम हेर्नुहोस…

सम्बन्धित खवर