मकर र रोजिनाको ‘भगवान हुन्छ रे मायामा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मकर र रोजिनाको ‘भगवान हुन्छ रे मायामा’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

चैत १२, माङसेबुङ । गायक मकर योञ्जन र गायिका रोजिना बस्नेतको मर्मस्पर्शी आवाजमा सजिएको बिल्कुलै नयाँ गित ‘भगवान हुन्छ रे मायामा’ सार्वजनिक गरिएको छ ।

गितकार निलम आङबुहाङ राईको शव्द तथा गायक तथा संंगीतकार ताराप्रकाश लिम्बूको संगीतमा सजिएको प्रेमिल गित ‘भगवान हुन्छ रे मायामा’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

तुलसा आङदेम्बेको मेकअप तथा भुपेन्द्र तुम्बाहाङफेको छायांकनमा स्टारलाईट इन्टरटेनमेन्टको निर्देशन रहेको भिडियोमा मकर योञ्जन र रोजिना बस्नेतले नै फिचरिङ गरेका छन् ।

महाराज थापाको संगीत संयोजनमा दिल समर्पणले रेकर्डिङ गरेको गितको मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीले गरेका छन् ।

प्रेमिल जोडीको प्रेमिल पलहरु संगालेर निर्माण गरिएको भिडियो निलम क्रिएशन अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर