मदनको शव्द, एकान्तको संगीतमा बिनोदको ‘आमा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बुधबार, बैशाख १९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मदनको शव्द, एकान्तको संगीतमा बिनोदको ‘आमा’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

चैत १७, माङसेबुङ । द भ्वाईस अफ नेपाल सिजन ५ का बिजेता गायक बिनोद राईको कर्णप्रिय आवाजमा सजिएको मर्मस्पर्शी गित ‘आमा’ सार्वजनिक गरिएको छ ।

गितकार मदन माबोको शव्द र गायक तथा संगीतकार एकान्त आङदेम्बेको संगीत रहेको आमा प्रति समर्पित मनछुने गित ‘आमा’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

बिनोद याक्खाको निर्देशनमा झरना लिम्बूको मेकअप भिडियोमा सुर्य तामाङ र दीपा राईले अभिनय गरेका छन् भने, बाल कलाकारको रुपमा अंकित लिम्बू चेम्जोङले अभिनय गरेका छन् ।

देवेश राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितको मिक्सिङ तथा मास्टरिङ योगेन मुकारुङले गरेका छन् ।

एउटी आमाले आफैलाई बिर्षेर जति सुकै दुख कष्ट सहरेपनि सन्तानलाई दिने खुशी, माया र ममता र आमाप्रति छोराको कर्तव्य प्रस्तुत गरिएको गरिएको बिनोद याक्खा र पुर्ण लिम्बूले तयार पारेको भिडियो गायक तथा संगीतकार एकान्त आङदेम्बे अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर