पूर्वी स्टारमा छानिए टप ६ फाइनलिष्ट, फिनाले १३ बैशाकमा - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पूर्वी स्टारमा छानिए टप ६ फाइनलिष्ट, फिनाले १३ बैशाकमा

चैत १९, धरान । गायन प्रतिभा भएर पनि ओझेलमा परेका प्रतिभाहरुको लागि सांगितिक क्षेत्रमा भविश्य स्थापना गर्ने उद्देश्यका साथ संचालन गरिएको पूर्वी स्टार गायन प्रतियोगिताको फिनालेका लागि टप ६ फाइनलिष्ट प्रतिभाहरु छानिएका छन् ।

प्रदेश नं. १ को ऐतिहासिक शहर धरानबाट संचालन भईरहेको पूर्वी स्टारको ढाँचा अनुसार फिनालेका लागि टप १० बाट टप ५ र जजहरुले वाइल्ड कार्डमार्फत छनौट गरेको एक जना गरि टप ६ फाइनलिष्ट छनौट भएको पूर्वी स्टार सिजन १ का प्रबन्ध निर्देशक टिआर सेनेहाङले जानकारी दिनुभयो ।

हाङ अनलाइन म्यूजिक प्रालिको व्यानरमा आयोजना भएको यस गायन प्रतियोगिताको टप–६ मा ३ महिला र ३ पुरुष रहेको पूर्वी स्टार सिजन १ का कार्यक्रम संयोजक सुमन सानु कुरुम्बाङले जानकारी दिनुभयो ।

संयोजक कुरुम्बाङका अनुसार पूर्वी स्टार सिजन १ को ग्राण्ड फिनाले भने बैशाक १३ गते हुने बताउनुभयो ।

टप ६ फाइनलिष्ट प्रतिभाहरुमा अरुण बराईली धरान, सागर तामाङ आसाम, विनय केदेम ताप्लेजुङ, शान्ति लिम्बू सिक्किम, फेसना राई धरान र वाइल्ड कार्ड मार्फत स्वस्तिका योङहाङ इलाम रहेका छन् ।

उपत्यका भन्दा बाहिर पहिलोपटक हुदै गरेको रियालिटी शो पूर्वी स्टारको बिजेताले नगद ४ लाखको साथमा सुनको सिक्री, ट्रफि, एउटा गित रेकर्ड र प्रमाण पत्र पाउने छन् ।

यस्तै उपबिजेतले नगद एक लाख १ लाख ५० हजारको साथमा ट्रफि, एउटा गित रेकर्ड र प्रमाण पत्र र तेश्रो हुनेले नगद ५० हजार, ट्रफि, एउटा गित रेकर्ड र प्रमाण पत्र पाउने छन् ।

टप ६ फाइनलिष्ट र भोटिङ कोड :

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर