हाङ र गिता अभिनित असारसिं र निरन्ताको पालाम ‘याक्थुङहाङ लाजे’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हाङ र गिता अभिनित असारसिं र निरन्ताको पालाम ‘याक्थुङहाङ लाजे’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

चैत २०, माङसेबुङ । गायक असारसिं निङलेकु र गायिका निरन्ता नेम्बाङको सुमधुर आवाजमा सजिएको लिम्बू संस्कृतिमा आधारित पालाम ‘याक्थुङहाङ लाजे’ सार्वजनिक गरिएको छ ।

भगत सुब्बाको शव्द संकलन तथा असारसिं निङलेकुको लय संकलनमा मनोज साङसोनको संगीत संयोजनमा किङ्ग स्टुडियोमा रेकर्डिङ गरिएको राजु कार्कीको मिक्सिङ तथा मास्टरिङ रहेको पालाम साम्लो ‘याक्थुङहाङ लाजे’ को भिडियो सार्वजनिक गरिएको हो ।

रितुराज तेयुङको निर्देशन रहेको पालाम भिडियोमा मा गिता पालुङ्वा, हाङ चेम्जोङ, सन्जु थलाङ, छयम चेम्जोङ, बिपना एभेङ, सुन्दर चेम्जोङ, नैना वानेम, राजु चेम्जोङ, सेमिमा योङ्हाङ र तारा चेम्जोङले अभिनय गरेका छन् ।

हाङ चेम्जोङको परिकल्पना तथा सञ्जु थलङको मेकअपमा इसाक जबेगुको छायांकन तथा सम्पादन रहेको पालाम भिडियो हाङ प्रडक्शन अफियिल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर