जसपा र नेसपाले इलाम २ मा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमलाई समर्थन गर्ने - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जसपा र नेसपाले इलाम २ मा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमलाई समर्थन गर्ने

चैत २४, इलाम । जनता समाज पार्टी नेपाल(जसपा) र नेपाल समाजवादी पार्टी (नेसपा)ले इलाम–२ को उपनिर्वाचनमा पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं थेगिमलाई समर्थन गर्ने निर्णय गरेको छ ।

शुक्रबार जसपाले विज्ञप्ति जारी गर्दै बैशाख १५ गते हुने इलाम २ उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार थेगिमलाई समर्थन गर्ने निर्णय गरेको हो ।

संघीयताको जननीको रुपमा जसपा नेपालले गरेको मधेस जनबिद्रोह, आदिबासी जनजाति आन्दोलन लगायत सबैखाले उत्पडिन् बिरुद्धको आन्दोलनको मुल नेतृत्व गरिरहेको जसपा नेपालले प्रदेश नं. १ को पुनः नामाङकरणका लागि भैरहेको आन्दोलनमा समेत सशक्त रुपमा राजनीतिक नेतृत्व गरिरहेको स्मरण गराउन चाहान्छौं ।

यसै सन्दर्भमा इलाम जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं २ मा आगमी बैशाक १५ गते हुने उपनिर्वाचनमा प्रदेश नं १ पुनः नामाङकरण संयुक्त संघर्ष समितिको संयोजकको रुपमा नेतृत्व गरिरहनु भएका श्री डकेन्द्र सिंह थेगिमलाई जसापा नेपाल १ नं. प्रदेश समितिले पहिचान पक्षधरको साझा उम्मेदवारको रुपमा समर्थन गर्ने निर्णय गरेको हुँदा आगमी उपनिर्वाचनमा श्री डकेन्द्र सिंह थेगिम लिम्बूलाई सम्पुर्ण न्यायप्रेमी इलामेली जनताले मतदान गरी विजयी गराई दिनुहुन हार्दिक अपिल गर्दछौं । जसपाको जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तै शुक्रबारनै नेसपाले पनि विज्ञप्ति जारी गर्दै बैशाख १५ गते हुने इलाम २ उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार थेगिमलाई समर्थन गर्ने निर्णय गरेको हो ।

नेसपाको जारी विज्ञप्तिमा भनिएको छ , ‘परम्परागत राजनीतिक दलहरूको सिण्डिकेट, सत्तास्वार्थ र संसदीय राजनीतिको चुंगुलबाट देशलाई अग्रगामी निकास दिन आवश्यक छ ।

समतामुलक समृद्धि, पहिचान र सामार्थ्य सहितको संघीयता, सुशासन÷सदाचार, राष्ट्रिय स्वाधिनता र समुन्नत समाजवादका पक्षधर स्वतन्त्र उम्मेद्वार डकेन्द्र सिंह थेगिमलाई मतदान गरी विजयी गराउन सम्पूर्ण मतदाताहरुमा हाम्रो पार्टी हार्दिक आव्हान गर्दछ ।’

नेकपा (एमाले) नेता तथा यस क्षेत्रका प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको गत भदौ २६ मा निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनका लागि एमालेबाट सुहाङ नेम्बाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, नेपाली कांग्रेसबाट डम्बरबहादुर खड्का, नेकपा (एस)बाट जितबहादुर राई, राप्रपाबाट लक्ष्मी गुरुङ र स्वतन्त्र उम्मेदवार प्रेमदीप लिम्बू पनि उम्मेदवार बन्दैछन् ।

 

सम्बन्धित खवर