पहिचान पक्षधरका साझा उम्मेदवार डकेन्द्र सिंह थेगिमले उम्मेदवारी दर्ता गराए - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पहिचान पक्षधरका साझा उम्मेदवार डकेन्द्र सिंह थेगिमले उम्मेदवारी दर्ता गराए

चैत २४, इलाम । पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले आगमी बैशाक १५ गते इलाम २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार आज शनिबार प्रदेश १ पुनः नामाङकरण संयुक्त संघर्ष समितिका ४१ वटा घटकहरुको समर्थन पाएका स्वतन्त्र उम्मेदवार थेगिमले पाचौं नम्बरमा मनोनयन दर्ता गराएका हुन् ।

र्याली सहित मनोनयन दर्ता गर्न पुगेका थेगिमको समर्थनमा मौलिक, साँस्कृतिक बाजा गाजा, ढोल झ्याम्टा बजाउँदै, बिभिन्न जातजातिय मौलिक भेषभूषामा सजिएर ठूलो समूह आएका थिए ।

सम्बन्धित खवर