इलाम माङसेबुङकी स्वस्तिका योङहाङ पूर्वी स्टारको फिनालेमा - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाम माङसेबुङकी स्वस्तिका योङहाङ पूर्वी स्टारको फिनालेमा

  • आन्छुमे नसान

चैत २४, माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिका १, गजरमुखीकी प्रतिभावान गायिका स्वस्तिका योङहाङ पूर्वी स्टार गायन प्रतियोगिताको फिनालेका प्रवेश गरेकी छन् ।

गायन प्रतिभा भएर पनि ओझेलमा परेका प्रतिभाहरुको लागि सांगितिक क्षेत्रमा भविश्य स्थापना गर्ने उद्देश्यका साथ संचालन गरिएको पूर्वी स्टार गायन प्रतियोगिताको टप १० बाट वाइल्ड कार्ड इन्ट्रीमार्फत सिधै जजहरुको छनौटमा परि योङहाङ फिनालेमा प्रवेश गरेकी हुन् ।

प्रदेश नं. १ को ऐतिहासिक शहर धरानबाट संचालन भईरहेको पूर्वी स्टारको फिनालेमा स्वस्तिका योङहाङसँगै धरानका अरुण बराईली, आसाम भारतका सागर तामाङ, ताप्लेजुङका विनय केदेम, भारत सिक्किमकी शान्ति लिम्बू र धरानकी फेसना राई प्रवेश गरका छन् ।

हाङ अनलाइन म्यूजिक प्रालिको व्यानरमा आयोजना भएको यस गायन प्रतियोगिताको ग्राण्ड फिनाले भने बैशाक १३ गते हुने कार्यक्रम संयोजक सुमन सानु कुरुम्बाङले जानकारी दिनुभयो ।

फिनालेमा प्रवेश गरेसँगै स्वस्तिाका योङहाङले आफुलाई उपाधि जिताउनको लागि धेरै भन्दा धेरै भोट गर्न शुभेच्छुकहरुमा अपिल समेत गरेकी छन् ।

स्वस्तिाका योङहाङको भोटिङ कोड :

सम्बन्धित खवर